एपिएल क्रिकेटमा रोयल सन्धिखर्क फाइनल प्रवेश

अर्घाखाँची । अर्घाखाँचीमा जारी एपिएल क्रिकेटमा आज तेस्रो दिन दुई खेल सम्पन्न भएका छन् । सन्धिखर्कको टुँडिखेलमा जारी आजका दुई खेलमा रोयल सन्धिखर्क र सुपर सुपा ईलाभेन विजयी भएका हुन् । 

बिहान ९ बजेदेखि सुरु भएको तेस्रो दिनको पहिलो खेलमा सौजन्य समाज किमडाँडा र रोयल सन्धिखर्क भिडेका थिए । जसमा रोयल सन्धिखर्कले सौजन्य समाज किमडाँडालाई ६ रनले पराजित गरेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको सन्धिखर्कले १९ दशमलव ५ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय २३ रन बनायो । जसका लागि रोयल सन्धिखर्कका विजय श्रेष्ठले सर्वाधिक ३८ रन र समिर राउतले ३३ रनको योगदान दिए । यस्तै बलिङ तर्फ सौजन्य समाजका महेन्द्र शाहीले ३ दशमलव ५ ओभर गर्दै १६ रन खर्चिएर ५ विकेट लिए । यस्तै बाबुराम थापाले ३, शुभम खनाल र सरोज खत्रीले समान एक/एक विकेट हात पारे । 

१ सय २४ रनको लक्ष्य पछ्याउँदै मैदानमा उत्रिएको सौजन्य समाज किमडाँडाले सबै विकेट गुमाएर १ सय १७ रन मात्र बनाउन सक्यो । निकै रोमाञ्चक मोडमा पुगेको खेलमा रोयल सन्धिखर्कलाई विजयी बनाउनका लागि कप्तान नवीन भण्डारीले किफायति बलिङ गर्दै ३ विकेट लिए भने मनोज भुसाल र नवजीवन क्षेत्रीले समान २/२, सन्दिप बस्नेत र रञ्जित भुसालले समान १/१ विकेट लिएका थिए । किमडाँडाका लागि सरोज खत्रीले सर्वाधिक ३३, शुभम खनालले २५, बाबुराम थापा १३ र किसन केसीले १० रन बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् । 

आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कले सौजन्य समाज किमडाँडालाई ६ रनले हराउँदै ३ खेलमा ६ अङ्क जोडी लिगको फाइनल प्रवेश समेत गरेको छ । 

यस्तै आजै भएको दोस्रो खेलमा सुपर सुपा ईलाभेनले ईलाभेन ब्रदर्श डिभर्नालाई १ सय ९९ रनको पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ रोजेको सुपर सुपाले २० ओभरमा २ सय २२ रनको विशाल योगफल तयार पारेको थियो । यो योगफल जारी लिगकै सर्वाधिक लक्ष्य प्रस्तुत हो । जसका लागि सुपर सुपाका सागर चौहान र प्रवास भुसालले आक्रमण ब्याटिङ गर्दै अर्धशतकीय पारी खेले । चौहानले ३७ बलमा ६ छक्का र ५ चौकाको मद्दतमा ६४ रन बनाए भने भुसालले ४ छक्का र ६ चौका हान्दै ५१ रन बनाए । यस्तै सुपर सुपाका कप्तान त्रिभुज कार्कीले ३४, सुप्रिम सुनारले २१ र निराजन केसीले १९ रन हान्दै २ सय २२ रन बनाएको थियो । 

२ सय २३ रनको लक्ष्य पछ्याएको डिभर्ना २३ रनमै अल आउट हुन पुग्यो । सुपर सुपाका रोहित भुसाल र त्रिलोचन भट्टराईले घातक बलिङ गर्दै डिभर्नालाई २३ रनमै रोक्न सफल भएका थिए । भुसालले जारी लिगकै सर्वाधिक ७ विकेट लिए भने भट्टराईले ३ विकेट हात पारे । यस अघि भएका आफ्ना २ वटै खेलमा पराजित भएको सुपर सुपाले डिभर्नालाई १ सय ९९ रनको फराकिलो अन्तरले पराजित गरेसँगै फाइनल यात्राका लागि भने आशा जीवितै राखेको छ । रोयल सन्धिखर्क ३ खेलमा ६ अङ्क जोड्दै लिगको शीर्ष स्थानमा छ । 

एपिएलका सम्पूर्ण खेलहरु एवान टेलिभिजन र ट्रेन्डिङ्गखवरबाट प्रत्यक्ष प्रसारण हुँदै आईरहेका छन् भने क्रिकहिरोज डटकमबाट बल बाई बलको लाईभ अपडेट गरिएको छ ।  

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?