कर्मचारी संगठन अर्घाखाँचीको १२ औं जिल्ला अधिवेशन र शालिक अनावरण गरिदै

अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा शहिद मनोज, झपेन्द्र, सुरेन्द्रको शालिक निर्माण गरिएको छ । नेपाल निजामती कर्मचारी संगठन अर्घाखाँचीको १२ औं जिल्ला अधिवेशनको सन्दर्भमा शहिद मनोज, झपेन्द्र, सुरेन्द्र पार्कमा निर्माण गरिएका शालिक अनावरण कार्यक्रम भोली शनिवार हुने भएको छ ।
कर्मचारीको हकहितको पक्षमा लड्दा लड्दै ज्यानको आहुती दिएका तीनजना शहिदको सम्झनामा अर्घाखाँचीको पर्यटकीय स्थल नरपानीमा शहिद मनोज, झपेन्द्र, सुरेन्द पार्क निर्माण गरिएको छ । सोही पार्कमा तीन जना शहिदको शालिक निर्माण गरिएको निजामती कर्मचारी संगठनका जिल्ला अध्यक्ष गणेशप्रसाद भण्डारीले बताए ।
शालिकको भोली विहान नरपानीमा एक कार्यक्रमका बिच लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले अनावरण गर्ने कार्यक्रम रहेको संगठनका जिल्ला कोषाध्यक्ष एवं प्रचारप्रसार उपसमिति सदस्य विशाल महतले जानकारी दिएका छन् ।
शालिक अनावरण पछि सन्धिखर्कको संगम फुड ल्याण्डमा विहान ११ बजे भव्य कार्यक्रमका विच १२ औ जिल्ला अधिवेशनको उद्धाट्न शत्र सञ्चालन हुनेछ । उद्धाटन समारोहमा संगठनका केन्द्रीय अध्यक्ष लेखनाथ कोइराला, प्रतिनिधि सभाका सदस्य विजुला रायमाझी, प्रदेश सांसद रामजीप्रसाद घिमिरे लगायतले सम्बोधन गर्ने कार्यक्रम तय भएको जिल्ला कोषाध्यक्ष महतको भनाइ छ ।
नरपानीबाट धेरै हिमाल देख्न पाइने हुनाले यहाँ पर्यटक आउने गर्दछन् । यहाँ भारतबाट आउने पर्यटकको सङ्ख्या बढेको छ । पहाडको मनोरम दृश्यले भरिपूर्ण नरपानीलाई प्रमुख पर्यटकीय स्थलको रूपमा विकास गर्न र नरपानीमा आएका पर्यटकलाई अझ आकर्षित गर्ने उदेश्यले शहिद मनोज, झपेन्द्र, सुरेन्द पार्क कर्मचारी सङ्गठनको पहलमा निर्माण गरिएको संगठनका जिल्ला सचिव पशुपति खनालले बताए ।
’पिकनिक’ स्थलको रूपमा विकसित हुँदै गएको यस क्षेत्रमा कपिलवस्तु, रुपन्देही, दाङ, नवलपरासी, बाँके र बर्दियाबाट पनि पर्यटक आउने गरेका छन् । महेन्द्र राजमार्गको कपिलवस्तु गोरुसिङ्गेबाट ५० किलोमिटरको दुरीमा नरपानी पुग्न सकिन्छ । गोरुसिङ्गे–सन्धिखर्क सडकमा पर्ने यस क्षेत्रमा पछिल्लो समय भारतीय पर्यटक बढी आउने गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
कमला पाेख्रेल
लेखकको बारेमा

कमला पाेख्रेल

पाेख्रेल समाचारपाेष्ट डटकमका सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?