नेपाली कांग्रेस मालारानी गाउँपालिकाकाे आयोजनामा पालिका स्तरीय दुई दिने प्रशिक्षण कार्यक्रम खनदहमा सम्पन्न भएको छ ।
प्रशिक्षण कार्यक्रमकाे उद्घाटन गर्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति अम्मरसिंह पुनले संगठन बलियो बनाउनेतर्फ लाग्न पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिनु भएको छ ।
सभापति पुनले नेपाली कांग्रेसको नेतृत्वमा देशमा ठूला–ठूला परिवर्तन भएको तर नेता कार्यकर्ताले प्रचार–प्रसार गर्न नसक्दा कांग्रेसले गरेका हरेक गतिविधिहरु ओझेलमा पर्ने गरेको बताउनु भयो ।

कांग्रेसले गरेका गतिविधिहरु जनताको बीचमा लैजान उहाँले आग्रह गर्नुभयो । अन्य दलसँग गठबन्धन गरेकै कारण नेपाली कांग्रेसले स्थानीय तह, प्रदेश र संघमा समेत सोचे अनुसारको नतिजा ल्याउन नसकेको बताउँदै पुनले अब कांग्रेसका कुनै कार्यकर्ताले अन्य पार्टीको चुनाव चिन्हमा मतदान गर्न नपर्ने गरी संगठन निर्माणमा होमिन सके २०८४ सालमा कांग्रेस एक्लै चुनाव लड्ने र बहुमत ल्याउन सक्ने दाबी गर्नुभयो ।कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री बिष्णुप्रसाद खनाल मुस्कान, नेपाली कांग्रेसका जिल्ला सभापति केशव श्रेष्ठ, नेपाली कांग्रेस लुम्बिनी प्रदेश सदस्य शान्ता भण्डारी, नेपाली कांग्रेस प्रशिक्षण विभाग प्रमुख पार्टी उपसभापति विष्णुप्रसाद भुसाल, सचिव कृष्णप्रसाद खनाल कोषाध्यक्ष बिष्णु क्षेत्री सहसचिव कमल पौडेल महाधिवेशन प्रतिनिधि सुर्य प्रसाद अधिकारी, क्षेत्रीय सभापति राजेस पन्थी, छत्रदेव सभापति प्रकाश राज पन्थि लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
प्रशिक्षण कार्यक्रममा प्रमुख प्रशिक्षक प्राध्यापक डाक्टर कुसुमा कुमार न्यौपाने प्रशिक्षक छन्दबहादुर पहराइले सहजीकरण गर्नुभएको थियो ।
प्रशिक्षण कार्यक्रम नेपाली कांग्रेस मालारानीका सभापति शोभाखर खनालकाे सभापतित्वमा सम्पन्न भएको थियोे ।













