back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

जन्म दिनमा विद्यार्थीलाई न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण

spot_img

अर्घाखाँचीकाे सन्धिखर्क निवासी  नेत्र भुसालले आफ्नो तथा आमाको जन्मदिनमा विद्यार्थीलाई न्यानाे कपडा र शैक्षिक सामाग्री वितरण गर्नु भएको छ ।
सामुदायिक विद्यालयमा अध्ययनरत  विद्यार्थीहरुको शैक्षिक विकासमा टेवा पुऱ्याउने उद्देश्यले  सन्धिखर्क नगरपालिका वडा नम्वर २, घोचेखोला निवासी टिकटकर नेत्र भुसाल र  उहाँको आमा कमला भुसालको जन्मदिनको अवसरमा ६६ जना विद्यार्थीलाई ट्याकसुट र शैक्षिक सामाग्री वितरण गर्नु भएको हाे ।

सन्धिखर्क ८ किमडाडामा रहेको  जनशान्ती आधारभूत विद्यालयमा अध्ययनरत ६६ जना विद्यार्थीहरुलाई  प्रति विद्यार्थी १ सेट ट्रयाक सुट, १ थान टिफिन बक्स, १० थान कापी र १ प्याकेट पेन्सिल वितरण गरेको विद्यालयका शिक्षक दिपक श्रेष्ठले बताउनु भएको छ ।
६६ जना विद्यार्थीहरुलाई  खाजाको समेत ब्यवस्थापन गरेकाेमा विद्यालयले सुस्वास्थ्य एवं दीर्घायुको कामना गरेको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष  नेत्र बहादुर थापाको अध्यक्षता र शिक्षक दिपक श्रेष्ठको सञ्चालनमा सम्पन्न भएको कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा सन्धिखर्क  वडा नम्बर ८ का अध्यक्ष हुम प्रसाद बञ्जाडे,  सहयोगि दाता कमला भुसाल,नेत्र भुसाल, प्रधनाध्यापक निर्मला भुसाल लगायतको उपस्थितिमा सामग्री वितरण गरेका हुन् ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (100%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (0%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?