back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

सांगीतिक क्षेत्रका ‘हट केक’ दुर्गेश थापाको क्रेज: महोत्सवमा तानातान, हेलिकप्टरमै दौडधूप

spot_img

अर्घाखाँची । लोकप्रिय गायक दुर्गेश थापा अहिले नेपाली सांगीतिक दुनियाँमा सबैभन्दा व्यस्त कलाकारमध्ये एक बनेका छन्। उनको लोकप्रियता यति चुलिएको छ कि महोत्सव आयोजकहरू उनलाई स्टेजमा उतार्न प्रतिस्पर्धा गर्दैछन्।

आज मात्र उनी पाणिनी महोत्सव (अर्घाखाँची) र स्याङ्जा महोत्सवमा दर्शकहरूलाई मनोरञ्जन दिन हेलिकप्टरमार्फत पुगे। लगातार दुई स्थानमा प्रस्तुति दिनुपर्ने भएपछि उनी हेलिकप्टरबाटै दौडधूप गर्न बाध्य भए। आयोजकहरू उनलाई आफ्नो महोत्सवमा ल्याउन जोडतोडले लागिपरेका थिए, जसले उनको सांगीतिक क्रेजलाई अझ प्रमाणित गर्यो।

थापाको स्टेज प्रवेशसँगै महोत्सव स्थलमा दर्शकहरूको उत्साह चरमसिमा पुगेको थियो। उनका चर्चित गीतहरू ‘बीच बीचमा’, ‘दुश्मन हेरेको हेरै” जस्ता हिट नम्बरहरू बज्दा दर्शकहरू नाच्दै, गाइरहेका थिए। उनको प्रत्येक प्रस्तुतिमा दर्शकको साथ र उत्साहले महोत्सवमा अलगै माहौल सिर्जना गरेको थियो।

महोत्सव आयोजकहरूका अनुसार दुर्गेश थापाको उपस्थिति महोत्सवहरूका लागि भीड तान्ने मुख्य आकर्षण बनेको छ। विशेष गरी युवा पुस्ताले उनलाई अत्यधिक रुचाउने भएकाले उनको शो महोत्सव सफल बनाउन महत्त्वपूर्ण मानिन्छ।

दुर्गेश थापा अहिले लगातार देशका विभिन्न महोत्सवहरूमा व्यस्त छन्। आगामी दिनहरूमा पनि उनलाई नेपालका विभिन्न सहर र गाउँका महोत्सवहरूमा प्रस्तुत गराउने तयारी भइरहेको छ। यस्तो ब्यस्त कार्यक्रमले उनी नेपाली सांगीतिक क्षेत्रका ‘हट केक’ कलाकार बनेका छन् भन्ने प्रमाणित गर्छ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (50%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (50%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?