back to top
IPL 2025
IPL 2024
११ जेष्ठ २०८२, आइतबार
११ जेष्ठ २०८२, आइतबार
IPL 2025
spot_img

सेयर बजारमा लगातार छैटौँ दिन गिरावट, कारोबार पनि घट्यो

spot_img

काठमाडौँ । सेयर बजार परिसूचक (नेप्से) आज छैटौँ दिन पनि घटेको छ । अघिल्लो हप्तादेखि घट्न थालेको नेप्से साताको दोस्रो दिन सोमबार २०.६८ अंकले घटेको हो ।

योसँगै बजार परिसूचक २७५१.४२ विन्दुमा ओर्लिएको छ । आज बजारमा ८ अर्ब ३७ करोड रुपैयाँ बराबरको कारोबार भयो । अघिल्लो दिन १० अर्ब रुपैयाँको कारोबार भएको थियो ।

आज बजारमा ४४ कम्पनीको मूल्य बढेको छ । १९२ कम्पनीको मूल्य घटेको छ भने बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज नेष्डो लघुवित्त, गार्डियन लाइफ र विन नेपाल लघुवित्तको शेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ । त्यस्तै, उपकार लघुवित्त र सिक्लेस हाइड्रोपावरको सेयर सबैभन्दा धेरैले घटेको छ ।

बजारमा आज अन्य समूह बाहेक सबै समूहको सूचक घटेको छ । हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरिङ र ट्रेडिङ समूहमा १ प्रतिशत भन्दा धेरैको गिरावट देखिएको छ । बढेको अन्य समूहमा झिनो वृद्धि मात्रै देखिएको छ । कारोबार रकमका आधारमा आज पनि नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रिइन्स्योरेन्सको ७३/७३ करोड रुपैयाँको कारोबार भयो । कारोबार सङ्ख्याका आधारमा भने आज पनि गार्डियन लाइफ इन्स्योरेन्स अगाडि रह्यो भने कारोबार भएको सेयर संख्याका आधारमा घलेम्दी हाइड्रोवापर अगाडि रह्यो ।

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी (0%)
  • दुःखी (0%)
  • अचम्मित (0%)
  • हाँस्यास्पद (100%)
  • आक्रोशित (0%)
spot_img
spot_img
spot_img
spot_img
प्रतिक्रिया दिनुहोस्

तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?