स्ववियु चुनाव रोकिएका र स्थगित भएका क्याम्पसमा प्रक्रिया अघि बढाउन निर्देशन

काठमाण्डौ । त्रिभुवन विश्वविद्यालयका आंगिक र सम्बन्धन प्राप्त केही क्याम्पसमा हिजो स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्व चयन गर्न मतदान भएको छ ।

स्ववियु केन्द्रीय निर्वाचन समितिका अनुसार आंगिक र सम्बन्धन प्राप्त गरी तीन सय वटा क्याम्पसमा नेतृत्व छान्न चुनाव भएको हो ।

अधिकांश क्याम्पसमा मतदान सकिएलगत्तै गणना गरिएको छ । नतिजाको पूर्ण सूची सार्वजनिक हुन बाँकी छ ।

त्रिविले आंगिक क्याम्पसको मात्रै सार्वजनिक गर्छ । इन्जिनियरिङ अध्ययन संस्थानअन्तर्गत पुल्चोक इन्जिनियरिङ क्याम्पसको स्ववियु अध्यक्षमा स्वतन्त्र उम्मेदवार स्वयं श्रेष्ठ विजयी हुनुभएको छ ।

पुल्चोक र थापाथली इन्जिनियरिङमा विद्युतीय भोटिङ मेसिनबाट मतदान गरिएको थियो । केही क्याम्पसमा भने चुनाव रोकिएको छ ।

निर्वाचन समितिले रोकिएका र स्थगित भएका क्याम्पसमा मतदानको लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशनसमेत दिएको छ ।

ललितपुरको पाटन संयुक्त क्याम्पस र पोखराको पृथ्वीनारायण क्याम्पसमा निर्वाचन प्रक्रिया शुरू भएपछि रोकियो । पाटन संयुक्त क्याम्पस परिसरमा झडप हुँदा केही विद्यार्थीसमेत घाइते भएका छन् ।

काठमाण्डौको रत्न राज्यलक्ष्मी क्याम्पस (आरआर), त्रिचन्द्र र अमृत साइन्स कलेज (अस्कल) मा पनि अन्तिम समयमा मतदान अवरुद्ध बनेको छ ।

पोखराको पृथ्वीनारायण क्याम्पसमा आज चुनाव हुँदैछ । त्यस्तै काठमाण्डौको पद्मकन्या क्याम्पसमा भोलि र त्रिवि केन्द्रीय क्याम्पस, कीर्तिपुरमा पर्सि चुनाव गर्ने तयारी छ ।

त्यस्तै शंकरदेव, सरस्वती, पब्लिक युथ, नेपाल ल, विश्वभाषा क्याम्पसमा पनि चुनाव स्थगित भएको छ । काठमाण्डौ उपत्यकाबाहिरका कतिपय क्याम्पसमा पनि हिजो मतदान हुन सकेन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?