गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्का हिमपात र वर्षाको सम्भावना

काठमाण्डौ । आज गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी एक–दुई ठाउँमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ ।

अरु प्रदेशको पहाडी र हिमाली भागको मौसम आज आंशिक बदली रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार अन्य प्रदेशका तराई क्षेत्र र मधेश प्रदेशको मौसम मुख्यतया सफा छ ।

देशमा पश्चिमी वायूको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव कायमै छ । प्रि–मनसुनको समय भएकाले दिउँसोपछि तराई क्षेत्रका धेरै ठाउँमा हावाहुरी चल्न सक्ने मौसमविद् गोविन्द झाले बताए। उनका अनुसार काठमाण्डौ उपत्यकासहित आसपासका क्षेत्रमा पनि सामान्य हावाहुरीको सम्भावना छ ।

केही दिनयता देशभर गर्मी बढेको छ । तराईका जनकपुर, भैरहवा, विराटनगरलगायतका शहरमा अधिकतम तापक्रम ३५ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । काठमाण्डौको अधिकतम तापक्रम २८ डिग्री सेल्सियससम्म पुगेको मौसमविद् झाले बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?