जग्गा एकीकरण आयोजनाका अध्यक्ष चौधरीद्वारा राजीनामा

बुटवल । लुम्बिनी प्रदेश पूर्वाधार विकास प्राधिकरणअन्तर्गत सञ्चालित जग्गा एकीकरण आयोजनाका अध्यक्ष श्यामेश चौधरीले राजीनामा दिएका छन् ।

चौधरी लुम्बिनी प्रदेश जग्गा एकीकरण नियमावली, २०७९ को नियम १७ बमोजिम प्राधिकरणको निर्णय अनुसार १ असोज २०७९ मा नियुक्त भएका थिए ।

चार वर्षका लागि नियुक्त भएका चौधरीले मंगलबार पत्रकार सम्मेलन गरेर राजीनामा घोषणा गरेका हुन् । सरकारले काम गर्ने वातावरण खोसेर निरन्तर अपमान गरेकाले राजीनामा दिएको चौधरीको भनाइ छ ।

प्रदेश सरकारले ८ महिनाअघि नै चौधरीलाई हटाएर सुनिलकुमार बस्नेतलाई अध्यक्षमा नियुक्त गरेपछि चौधरी अदालत गएका थिए । अदालतले उनको पक्षमा फैसला गरेको थियो ।

अदालतको फैसलापछि केही महिना सरकारको व्यवहार हेरेको तर कुर्सी पनि नदिने, नेम प्लेट पनि हटाइदिएर अपमानजक व्यवहार गरेको र राजनीनामा गर्न धम्की दिएको चौधरीले बताए । चौधरी माओवादी केन्द्रनिकट हुन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?