डिभर्नामा सुनौला १००० दिनका आमाहरूको लागि पौष्टिक आहार वितरण 

अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नं. ११ मा सुनौलो हजार दिनका आमाहरूलाई पौष्टिक आहार वितर गरिएको छ । पोषण आहार सुधारका लागि भन्दै गर्भवती आमाहरूका लागि वडाले पौष्टिक आहार वितरण गरेको हो । 

पौष्टिक आहार वितरण कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालले गर्भ र गर्भपश्चात हुने बच्चाहरूको लागि पौष्टिक आहारले सर्वाङ्गीण विकासमा टेवा पुग्ने बताए । गर्वभति आमाहरूले बच्चा गर्भमा बसेपछि र बच्चा जन्मिसकेपछि पौष्टिक आहारहरू खुवाउन सके बच्चा र आमाको स्वास्थ्य स्वस्थ रहने बताउँदै यस्ता खालका कार्यक्रमलाई निरन्तरता दिन आवश्यक रहेको धारण राखे । 

आगामी दिनमा नगरवासीहरूको माग र आवश्यकताका आधारमा थप कार्यक्रम ल्याउन नगर प्रतिवद्ध रहेको उल्लेख गर्दै पूर्वाधारको मात्र विकास नभई सामाजिक क्षेत्रको विकास हुन जरुरी रहेको बताए । पौष्टिक आहार वितरण कार्यक्रममा पुर्व वडाध्यक्ष धुर्वराज आचार्य, नगरपालिकाका जन स्वास्थ्य निरीक्षक प्रकाश परियार लगायतले मन्तव्य राख्दै राज्यले स्वास्थ्य क्षेत्रमा लगानी बढाउनु पर्ने बताएका थिए । 

कार्यक्रममा सुनौलो १००० दिनका आमाहरूको लागि २ क्यारेट अण्डा, कालो चना २ के.जी., आयोडिनयुक्त नुन १ के.जी., कोल्गेट, साबुन र नङकट वितरण गरिएको थियो । आ.व.२०८०/०८१ को श्रावण महिनादेखि दर्ता भएका २४ जना आमाहरूको लागि पौष्टिक आहार वितरण गरिएको हो । 

कार्यक्रममा पत्रकार महासङ्घका जिल्ला सदस्य बिष्णु खनाल, वडा सदस्यहरू निर्मला भुसाल, करुणा पाण्डे बि.क., कृष्ण बहादुर चुँदाली, अनमि लुमा पराजुली, डिभर्ना स्वास्थ्य चौकीका इन्चार्ज यादव पाण्डे, सिनियर अहेब सविता खनाल, अनमि लक्ष्मी जि.सी.के.सी., स्वास्थ्य स्वयंसेवक, सुनौलो १००० दिनका आमा लगायतको उपस्थिति रहेको थियो । 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
बिष्णु खनाल
लेखकको बारेमा

बिष्णु खनाल

लामाे समयदेखि पत्रकारीता गर्दै आएका खनाल समाचारपाेष्ट डटकमका स‌ंवाददाता हुन्  ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?