एनएमबिले दियो जनसेवा स्कुलमा वित्तीय साक्षरता

सुनवल । एनएमबि बैंक सुनवल शाखाले वित्तीय साक्षरता कार्यक्रम सप्पन्न गरेको छ । बैंकले नवलपरासीको सुनवल नगरपालिका स्थित जनसेवा माध्यमिक विद्यालय कक्षा ११ र १२ मा अध्यनरत विद्यार्थीहरुलाइ वित्तीय साक्षरता प्रदान गरेको हो ।

विद्यार्थीहरुलाइ वित्तीय ज्ञान दिने उदेश्यले वित्तीय साक्षरता कार्यक्रम संचालन गरिएको बैंकले जनाएको छ । बैंकका सुनवल शाखा प्रबन्धक अर्जुन ज्ञवालीले बचत, वित्तीय योजना, लगानी बारे सहजीकरण गर्नुभएको थियो । उहाँले युवा उद्दमशिलता, पैसाको बचत, लगानी, परिचालन , आयआर्जनका वैकल्पिक अवसरहरु, बैंकको महत्त्व, दैनिक जीवनमा बैंकको प्रयोग, डिजिटल बैकिङ्ग, बैंकिङ्ग फ्रड र फ्रडबाट सुरक्षित रहने उपायहरु , एनएमबि स्टुडेन्ट बचत खाता, संसारभरबाट एनएमबि बैंकमा खोलिने भिडियो कल खाता, शेयरकारोबार सम्बन्धि ज्ञान, सिस्टोमेटिक इन्भेस्टमेन्ट प्लान(एसआइपि) तथा एनएमबि बैंकले प्रदान गर्ने अन्य बैकिङ्ग सेवा सुबिधाको बारे अभिमुखिकरण प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्राचार्य फान प्रसाद श्रेष्ठले एनएमबि बैंकले प्लस टु लेभल ब्यवस्थापन तहमा अध्यनरत विद्यार्थी भाइबहिनीहरुलाइ वित्तीय साक्षरता जस्तो महत्त्वपूर्ण कार्यक्रम गरेकोमा आभार व्यक्त गर्दै दिदै समय, सापेक्ष र ब्यवहारिक वित्त सम्बन्धि ज्ञान आफुहरुले पनि सिकेको बताउनुभएको थियो ।

वित्तीय साक्षरता कार्यक्रममा सहभागी विद्यार्थीहरुले बचत, वित्तीय योजना, लगानी, डिजिटल बैकिङ्ग, युवा उद्दमशिलताको सृजना, सन्चालन र सफलताबारे ब्यवहारिक ज्ञान सिकेको बताएका थिए।

एनएमबि बैंकले २०१७, २०१८, २०१९, २०२१ मा गरि ४ पटक बैंक अफ द इयर नेपाल तथा नेपालका बैंकहरुबाट २०२१ मा बैंक अफ द इयर एसियाको उपाधी चुम्न सफल भएको थियो ।

सो कार्यक्रममा विद्यालयका शिक्षक शिक्षिका/ कर्मचारी तथा एनएमबि बैंकका कर्मचारी दिनेश वश्याल, ओमकार श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?