back to top
IPL 2025
IPL 2024
२८ अशोज २०८२, मंगलबार
२८ अशोज २०८२, मंगलबार
IPL 2025
spot_img

नवदुर्गा भवानीको स्तुतिमा नयाँ भजन सार्वजनिक

spot_img

Logoसमाचार सारांश Auto Generated by AI

  • नवदुर्गा भवानी हिन्दु धर्ममा शक्ति र विजयको प्रतीक देवी हुन्, जसलाई दश महाविद्यामा प्रमुख मानिन्छ।
  • दशैंको अवसरमा नवदुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा नेपालमा प्राचीनकालदेखि चलिआएको छ।
  • राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन्।

काठमाडौं । नवदुर्गा भवानी हिन्दु धर्ममा शक्ति र विजयको प्रतीक देवी हुन् । दुर्गा भवानीलाई दश महाविद्यामा प्रमुख देवीको रूपमा मानिन्छ । विशेषगरी दशैंको अवसरमा नवदुर्गा भवानीको पूजा–आराधना गर्ने परम्परा नेपालमा प्राचीनकालदेखि चलिआएको छ । असत्यमाथि सत्यको, अधर्ममाथि धर्मको र अन्यायमाथि न्यायको विजयको प्रतीकका रूपमा दुर्गा भवानीलाई स्मरण गर्ने गरिन्छ । भक्तजनहरू देवीको आराधना गर्दै भजन, स्तुति, चण्डीपाठ र नृत्यमार्फत शक्ति र आस्थाको अभिव्यक्ति गर्ने परम्परा रहिआएको छ ।

यसै क्रममा राष्ट्रिय लोक भजन चुट्का संस्कृती संरक्षण प्रतिष्ठान नेपाल, बाग्मती प्रदेश कमिटिका महासचिव टेक राज पोखरेलले यस वर्षको विजयादशमीको अवसर पारेर नवदुर्गा भवानी भजन सार्वजनिक गरेका छन् । भजनलाई धना पोखरेलले शब्दमा उतारेका हुन् भने टेक राज पोखरेल, रबिन्द्र पोखरेल, हरि प्रसाद पोखरेल, सरु न्यौपाने पोखरेल, कौसिला पोखरेल र भक्तिराम पोखरेल लगायतले स्वर दिएका छन् । भजनमा प्रमिता पोखरेलको नृत्य निर्देशन रहेको छ भने प्रमिता, शिल्पा, एलिसा, ममता र सम्झनाले प्रस्तुत गरेको आकर्षक नृत्यले भजनलाई झनै मनोरञ्जनपूर्ण र प्रभावशाली बनाएको छ ।

भजनलाई कोहिनुर मिडिया प्रालिको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । रेकर्डिङ हुरि स्टुडियोमा गरिएको र भिजुअल छायांकन बागबजारस्थित होटल हार्दिकमा सम्पन्न गरिएको महासचिव पोखरेलले जानकारी दिए । छायांकनको निर्देशन बिपिन अनुरागीले गरेका हुन् भने आर.डी. दुलालसहितको प्राविधिक टोलीले क्यामेराको जिम्मेवारी वहन गरेको थियो । उनका अनुसार दिन–रात नभनी मेहनत गर्ने सम्पूर्ण प्राविधिक समूह र कलाकार बधाईका पात्र हुन् ।

टेक राज पोखरेलले यो भजन आफ्नो पाँचौँ सिर्जना रहेको उल्लेख गर्दै भविष्यमा पनि निरन्तर धार्मिक र सांस्कृतिक भजनहरूको रचना, निर्माण र प्रसारणमा संलग्न हुने प्रतिबद्धता व्यक्त गरे । उनका अनुसार अर्घाखाँची, पाल्पा, गुल्मी, प्युठान, स्याङ्जा लगायतका पहाडी जिल्लाहरू तथा तराईका नवलपरासी, रुपन्देही, कपिलवस्तु क्षेत्रमा यस्ता लोकभजन गाउने परम्परा अझै जीवित छ । यस परम्परालाई आधुनिक शैलीमा प्रवाह गर्दै आम दर्शक–श्रोतालाई सन्देश दिनु नै आफ्नो उद्देश्य भएको पोखरेलको भनाइ छ ।

नवदुर्गा भवानीको यस भजनमार्फत विजयादशमी पर्वलाई अझ धार्मिक, सांस्कृतिक र मनोरञ्जनात्मक बनाउन प्रयास गरिएको छ । भजनले नेपाली समाजमा विद्यमान लोक परम्परा र आस्थालाई जोड्दै देवी दुर्गाप्रति श्रद्धा र विश्वासलाई बलियो बनाउने अपेक्षा लिइएको छ ।

 

spot_img
spot_img
spot_img
spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
  • खुसी ()
  • दुःखी ()
  • अचम्मित ()
  • हाँस्यास्पद ()
  • आक्रोशित ()
spot_img
प्रतिक्रिया दिनुहोस्

प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

लोकप्रिय

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?