नवलपरासीको दाउन्नेमा ५ वटा गाडी ठोक्किए, ८ जना घाइते

समाचार सारांश
Auto Generated by AI
  • नवलपरासीको दाउन्नेमा पूर्व–पश्चिम राजमार्गमा पाँच गाडी ठोक्किएर दुर्घटना भएको छ।
  • कन्टेनरले ओभरटेक गर्दा भएको उक्त दुर्घटनामा आठ जना घाइते भएका छन्।
  • घाइतेहरूलाई मध्यबिन्दु अस्पतालमा उपचारका लागि लगिएको छ भने कन्टेनर चालक फरार छन्।

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को दाउन्नेमा पाँच वटा गाडी ठोक्किएर भएको दुर्घटनामा आठ जना घाइते भएका छन् ।

विनयी त्रिवेणी गाउँपालिका–२ घिउखोला नजिक गएराति कन्टेनरले एकतर्फी ओभरटेक गर्ने क्रममा पाँच वटा गाडी एकआपसमा ठोक्किएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक युवराज खड्काले जानकारी दिनुभयो ।

दुर्घटनामा मोटरसाइकल चालक कालीकोट रास्कोटका अमर कार्की, त्यही मोटरसाइकल पछाडि रहेका रास्कोटकै महेन्द्र महतारा अनि अर्को एउटा बसमा रहेका ६ जना यात्रु घाइते भएका छन् । प्रहरीका अनुसार बसका चालक शङ्कर विष्ट, रामेछापकाे मन्थलीका विनोदकुमार अछामी, रोल्पाकाे लिवाङका उदीराम विष्ट, धरानका नाम्नुहाङ राई, रोल्पाकै दर्शन पोख्रेल, सुनसरीका चन्द्रसिंह थापा तथा प्यूठानकाे स्वर्गद्वारीका यज्ञप्रसाद भुसाल घाइते हुनुभएको छ ।

घाइते सबैलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको छ । कन्टेनरका चालक सम्पर्कमा नरहेको र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?