
- कपिलवस्तुमा २५७०औँ बुद्ध जयन्तीको अवसरमा प्रभातफेरी र दीप प्रज्वलन गरिएको छ।
- नगर प्रमुखले बुद्धको शिक्षालाई व्यवहारमा उतार्न र कपिलवस्तुको विकासमा जोड दिएका छन्।
- शान्ति र अहिंसाको सन्देश फैलाउन विभिन्न प्रतियोगितासहित कार्यक्रम सम्पन्न भएको छ।
इमरान खान
कपिलवस्तु : कपिलवस्तुमा २५७० औँ बुद्ध जयन्तीका अवसरमा बुद्धनगरी कपिलवस्तुको तौलिहवामा प्रहरी महानिरीक्षक दान बहादुर कार्की द्वारा दिप प्रज्वलन तथा प्रभातफेरी निकालिएको छ ।
कपिलवस्तु नगरपालिकाको सहयोगमा २५७०औँ बुद्ध जयन्ती मूल आयोजक समिति २०८३ कपिलवस्तुको आयोजनामा प्रभातफेरी कार्यक्रम गरिएको हो । कपिलवस्तु नगरपालिका कार्यालयमा जम्मा भई जिल्ला प्रशासन कार्यालय अगाडि चोक, गौढी चोक हुँदै मंगल बिहारमा पुगेको हो । बिहारमा विशेष पूजा अर्चना गरिएको थियो। प्रभात फेरीका क्रममा बुद्धका उपदेशसम्बन्धी नारा समेत लगाइएको थियो ।
कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले बुद्धका शिक्षालाई व्यवहारमा उतार्नु पर्ने बताए । प्राचीन नगरी कपिलवस्तुलाई बुद्धमय बनाउन सबैको पहल आवश्यक रहेको पौडेलले बताए । उनले बहत्तर लुम्बिनीको विकासका लागि १२ अर्बको ऋण सहयोग स्वीकृत भएकाले अब भने ओझेलमा परेको कपिलवस्तुको विकास हुने बताए । त्यस्तै गरि बुद्ध नगरी कपिलवस्तुलाई व्ययापक रुपमा प्रचारप्रसार गरी विश्व सामु चिनाउने र यसको बिकासमा सम्पुर्ण स्थानीय बासीहरुको अहम भूमिका रहनुपर्ने कपिलवस्तु नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष जाहिद खाँले बताउनुभयो । सोही क्रममा लुम्बिनीबाट आएका पर्यटकलाई कपिलवस्तु नगरपालिका अगाडि खादा लगाएर स्वागत गरिएको लुम्बिनी विकास कोषका पूर्व कार्यकारी सदस्य राजेश ज्ञवालीले बताए ।
शान्ति, अहिंसा र सद्भावको सन्देश प्रवाह गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा स्थानीयवासी , सुरक्षाकर्मी, विभिन्न संघ संस्था तथा सरोकारवालाको उल्लेखनीय सहभागिता रहेको थियो । बुद्ध जयन्तीको अवसरमा चित्रकला तथा वक्तृत्वकला प्रतियोगिता समेत गरिएको थियो । यस्तै शुक्रवार साँझ प्रशासन चोकमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको आगमन र दीप प्रज्वलन कार्यक्रम समेत भएको छ ।












