
- अर्घाखाँचीको दुर्गाफाँटमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको छ।
- तीव्र गतिको कारण घरमा ठोक्किएर २० वर्षीय राजेश सुनार घाइते भएका छन्।
- घाइतेलाई प्राथमिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको छ।
अर्घाखाँची । अर्घाखाँचीको पाणिनि गाउँपालिका वडा नं। ३ दुर्गाफाँटमा मोटरसाइकल दुर्घटना हुँदा एक जना घाइते भएका छन्।
घुम्ती पाल्पा सडक खण्ड अन्तर्गत दुर्गाफाँट डेरी अगाडिको घुम्तीमा लु २९ प ७०५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडक किनारको घरमा ठोक्किएको हो। स्थानीयका अनुसार मोटरसाइकल तीव्र गतिमा रहेका कारण दुर्घटना भएको हो।
दुर्घटनामा मालारानी गाउँपालिकाका अन्दाजी २० वर्षीय राजेश सुनार घाइते भएका छन्। घाइते सुनारलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि पाल्पा पठाइएको प्रहरीले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।













