कपिलवस्तुबाट १७५ जना हज यात्राको लागि साउदीको मक्का मदिना प्रस्थान

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुबाट १ सय ७५ जना मुस्लिम धर्मावलम्बीहरू हज यात्राका लागि काठमाडौँ प्रस्थान गरेका छन्।
  • यस वर्ष नेपालभरबाट १ हजार २ सय जना हज गर्न साउदी अरबको मक्का मदिना जाँदै छन्।
  • वैशाख २६ देखि ३१ गतेसम्म १३ समूहमा बाँडिएर हज यात्रीहरू साउदी अरब प्रस्थान गर्नेछन्।

इमरान खान ‌ कपिलवस्तु : कपिलवस्तु जिल्लाबाट हज यात्राका लागि साउदी अरब जान लागेको हज यात्रीको बिदाइ गरिएको छ । मुस्लिमहरूको तीर्थ स्थल साउदी अरब स्थित मक्का मदिना जानका लागि जिल्लाबाट हज यात्री प्रस्थान गरेका छन ।

कपिलवस्तु जिल्लाका १० स्थानीय तहबाट १ सय ७५ जना हज यात्राका लागि काठमाडौं गएको हज समितिका सदस्य साकिर अहमदले बताए । गत बर्ष जिल्लाबाट १ सय ८७ जना हज यात्रामा सहभागी थिए ।

सदरमुकाम तौलिहवा, कृष्णनगर , पकडी, चन्द्रौटा लगायतका ठाउँहरुबाट साउदी अरब जानका लागि उनीहरू काठमाडौं लागेका छन । हज यात्रीलाई बिदाइ गर्नका लागि उनीहरुको आफन्त तथा गाँउलेहरुका ठुलो भीड लागेको थियो । कपिलवस्तुको शिवराज नगरपालिकाका मेयर अजय थापाले हज गर्नका लागि बिदाइ तथा शुभकामना दिएका थिए ।

नेपालभरबाट यस बर्ष १ हजार २ सय जना हज यात्रामा जान लागेको हज समितिले सूचनामार्फत जानकारी दिएको छ । यस्तै १३ जना हज समितिबाट, १ जना डाक्टर तथा २ जना स्वयंसेवक समेत हज यात्राका सहभागी रहने समिति सदस्य साकिर अकमदले बताए।

मुस्लिम धर्मगुरु अनुसार प्रत्येक मुस्लिम आफ्नो जीवनकालमा कम्ती एक पटक हज गर्न जानुपर्छ । मक्का मदिना यात्रा गर्नेले स्वर्ग जाने सरह पुुण्य फल प्राप्ति गर्ने भएकाले त्यहाँ जाने मान्यता रही आएको अहेले सुन्नत मदरसाका ईमाम अली हसन निजामीले बताए ।

मक्कालाई अल्लाहको घर र हजुर माहोम्मदको जन्मथलोको रूपमा रही आएको उनले बताए। ‘ हज गर्नाले जस्तो सुकै ठुलो अपराध र पाप गरे पनि नाश भई भर्खर जन्मेको बच्चा जस्तै पवित्र हुन्छ ’ उनले भने । हज यात्रीले मक्का र मदिनामा धार्मिक यात्रा गर्नुपर्छ। मक्कामा सात पटक परिक्रमा( तवाफ ) गर्नुपर्छ जसले एक हज – कावा ) प्राप्त हुने विश्वास छ।

इदुुल अजाहा (बक्राईदका दिन) विशेष नवाज पढ्दै कुर्बानी दिने चलन छ। हज यात्रा गर्नेलार्ई हाजी भन्ने चलन रहेको बताइएको छ। काठमाडौंबाट वैशाख २६ गते देखि ३१ वैशाख गते १३ समूहमा उनीहरू हज यात्रामा जानेछन ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?