बिओपी बेश क्याम्प डेगरी मर्यादपुर द्वारा बैशाख महिनामा १० लाखका अवैध समान बरामद

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुको मर्यादपुर नाकाबाट बैशाख महिनामा १० लाख बढीको अवैध सामान बरामद गरिएको छ।
  • सशस्त्र प्रहरीले चोरी पैठारी नियन्त्रण गर्न सीमा क्षेत्रमा गस्ती र निगरानी तीव्र बनाएको छ।
  • बरामद गरिएका खाद्यान्न र लत्ताकपडा लगायतका सामग्रीहरू सुठौली भन्सार कार्यालयमा बुझाइएको छ।

कपिलवस्तु : कपिलवस्तु जिल्ला स्थित सशस्त्र प्रहरी बल वेश क्याम्प डेगरी मर्यादपुर बोर्डर आउट पोष्ट (बीओपी) ले सीमा नाकामा हुँदै अवैध रुपमा नेपाल भित्राइएका १० लाख भन्दा बढी मूल्यका समानहरु बरामद गरेको छ । बैशाख महिनाभरि चोरी तस्करी गरेर भित्राइएका सामग्रीहरू बरामद गरि भन्सार बुझाइएको हो ।

मर्यादपुर खुनुवा भारतसंग जोडिएका सीमावर्ती क्षेत्रमा हुने अवैध चोरी तस्करी तथा भन्सार छली नियन्त्रण अभियानलाई तीव्र बनाउदै सशस्त्र प्रहरीले खाद्यान्न, लत्ता कपडा, हार्डवेयर, ईलेक्ट्रिक, फलफुल र किराना लगायतका सामान बरामद गरेको हो । सीमा क्षेत्रमा कडा जाँच गर्दै गस्ती र आकस्मिक चेकिङले एक महिना नपुग्दै उक्त परिणामका सामग्रीहरू बरामद गरिएको डंगरी बिओपीका प्रमुख सशस्त्र निरीक्षक हरित बडुवालले बताए ।

सो बरामद सामाग्रीहरु सुठौली भन्सार कार्यालय बुझाइएको थियो । साढे ४ महिनामा साढे २३ लाख भन्दा बढीका भन्सार छली भित्राइएको अवैध समान बरामद गरेर भन्सार बुझाएको उनले बताए । सीमा क्षेत्रमा पछिल्लो समय अवैध आयात तथा राजस्व छलीका गतिविधि बढ्दै गएपछि सशस्त्र प्रहरीले थप निगरानी बढाएको हो ।

विशेषगरी रातिको समयमा विभिन्न नाका प्रयोग गरी अवैध सामानहरु भित्राउने हुँदा गस्ती तथा चेकिङलाई प्रभावकारी बनाइएको बडुवालले बताए । सशस्त्रले आगामी दिनमा सीमा क्षेत्रमा निगरानी अझ प्रभावकारी बनाउँदै अवैध चोरी तस्करी नियन्त्रण अभियानलाई निरन्तरता दिने जनाएको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?