कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तु नगरपालिकाले गाउँमै स्वास्थ्य सेवा पुर्‍याउन मोबाइल स्वास्थ्य क्लिनिक पुनः सञ्चालनमा ल्याएको छ।
  • विशेषज्ञसहितको यो टोलीले ज्येष्ठ नागरिक, गर्भवती र लक्षित वर्गलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा दिनेछ।
  • नगरपालिकाका १२ वटै वडामा दुई–दुई दिन घुम्ती शिविर सञ्चालन गरी स्वास्थ्य सेवाको पहुँच विस्तार गरिनेछ।

कपिलवस्तु, असार २ : कपिलवस्तु नगरपालिकाले सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ। गाउँ–गाउँमा पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको उक्त सेवाको मंगलबार औपचारिक शुभारम्भ गरिएको हो।
सङ्घीय सरकारको खर्च कटौती सम्बन्धी परिपत्र तथा करार कर्मचारी व्यवस्थापनमा आएको कठिनाइका कारण केही समयदेखि सञ्चालन हुन नसकेको मोबाइल स्वास्थ्य क्लिनिकलाई आवश्यक जनशक्ति व्यवस्थापनपछि पुनः सञ्चालनमा ल्याइएको नगरपालिकाले जनाएको छ।
एक कार्यक्रमबीच नगर प्रमुख सुदिप पौडेल को स्वास्थ्य परीक्षण गरी सेवाको शुभारम्भ गरिएको थियो। नगरपालिकालाई २०८२ वैशाख १२ गते पालिकाभर घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने उद्देश्यले मोबाइल स्वास्थ्य क्लिनिक भ्यान हस्तान्तरण गरिएको थियो।
भ्यान हस्तान्तरण कार्यक्रममा Buddhist Tzu Chi Charity Foundation का उपाध्यक्ष युपी लिनसहितको टोलीले नगर प्रमुख पौडेललाई क्लिनिक भ्यानको साँचो हस्तान्तरण गरेका थिए। तर खर्च कटौतीसम्बन्धी सरकारी नीतिका कारण सेवा सञ्चालनमा ढिलाइ भएको बताइएको छ।
वातानुकूलित भ्यानमार्फत सञ्चालन हुने क्लिनिकमा एमबीबीएस डाक्टर, स्टाफ नर्स तथा ल्याब टेक्निसियनसहितको टोली खटिएको छ। सेवाअन्तर्गत ६० वर्षमाथिका नागरिकको ब्लड सुगर, रक्तचाप तथा पिसाब परीक्षण गरिनेछ।
१२ वटा वडा रहेको नगरपालिकाका प्रत्येक वडामा दुई दिनका दरले क्लिनिक सञ्चालन गरिने योजना रहेको छ। पहिलो चरणमा वडा नं. १२ को बिटुवा गाउँबाट सेवा सुरु गरिएको नगरपालिकाले जनाएको छ।
मोबाइल स्वास्थ्य क्लिनिकमार्फत ज्येष्ठ नागरिक, गर्भवती महिला, दलित तथा लक्षित समुदायका नागरिकलाई निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराइने नगर प्रमुख पौडेलले जानकारी दिए। उनले दुर्गम बस्ती तथा प्रयोगशाला सुविधा अभाव भएका स्वास्थ्य संस्थालाई समेत यस सेवाले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।
नगर स्वास्थ्य शाखा प्रमुख उमेश गुप्ताका अनुसार क्लिनिक सेवाबाट नागरिकले आफ्नै गाउँ–ठाउँमा सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्नेछन्, जसले स्वास्थ्य सेवाको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?