कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तुमा आईएमई लाइफ इन्स्योरेन्सको अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
  • कार्यक्रममा वैशाख महिनाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गर्दै बीमाको महत्वबारे प्रकाश पारिएको छ।
  • कम्पनीले नागरिकहरूलाई आफ्नो भविष्य सुरक्षित बनाउन बीमा गर्न आग्रह गरेको छ।

कपिलवस्तु : कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवामा “सुरक्षाको पूर्वाधार, भविष्यको आधार” भन्ने मूल नाराका साथ IME LIFE Insurance Company Limited को अभिकर्ता सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रम IME LIFE इन्स्योरेन्स कम्पनी लिमिटेडका लुम्बिनी प्रदेश प्रमुख रवि शंकर सर्राफ को प्रमुख आतिथ्यता तथा तौलिहवा शाखा प्रमुख मिरा यादव को अध्यक्षतामा सम्पन्न भएको हो।
नेपाल पत्रकार महासंघ पूर्व लुम्बिनी प्रदेश परिषद् सदस्य पत्रकार इमरान खान को सहयोगमा आयोजित कार्यक्रममा ठूलो संख्यामा अभिकर्ताहरूको सहभागिता रहेको थियो।
कार्यक्रममा वैशाख महिनाका उत्कृष्ट अभिकर्ताहरूलाई सम्मान गरिएको थियो। सम्मानित अभिकर्ताहरूलाई कम्पनीका तर्फबाट आगामी दिनमा अझ प्रभावकारी सेवा प्रवाह र बीमा क्षेत्रको विस्तारमा योगदान पुर्‍याउन शुभकामना दिइएको थियो।
कार्यक्रममा बोल्ने वक्ताहरूले बीमा जीवन सुरक्षाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै बालबालिकाको भविष्य निर्माण, व्यवस्थित जीवन योजना, परिवारको आर्थिक सुरक्षा, अपाङ्गता अवस्था तथा घातक रोगको जोखिममा बीमाको महत्वबारे जानकारी गराएका थिए।
IME LIFE Insurance Company Limited ले नागरिकको सुरक्षित भविष्य निर्माणमा सहयोग पुर्‍याउने उद्देश्यसहित कपिलवस्तुबासीलाई बीमामार्फत आफ्नो भविष्य सुरक्षित बनाउन आग्रह गरेको छ।
कार्यक्रमको समापन तौलिहवा शाखाका सुदीप भण्डारी ले गर्नुभएको थियो।

spot_img
[reaction_buttons_post]
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?