टिकटकमा लेखिएको “Waiting for Death” पछि १६ वर्षीया रियाको सर्पदंशबाट दुःखद निधन

समाचार सारांश
Auto Generated by AI
  • कपिलवस्तु नगरपालिका-१ की १६ वर्षीया रिया बर्माको सर्पको टोकाइबाट मृत्यु भएको छ।
  • सुतिरहेको अवस्थामा सर्पले टोकेपछि उपचारका क्रममा उनको ज्यान गएको हो।
  • एसईई उत्तीर्ण गरेकी रियाको असामयिक निधनले परिवार र स्थानीय शोकमा डुबेका छन्।

कपिलवस्तु : कपिलवस्तु नगरपालिका–१, मालटोलकी १६ वर्षीया रिया बर्माको विषालु सर्पको टोकाइबाट दुःखद निधन भएको छ।
बुधबार मध्यराति घरमै सुतिरहेको अवस्थामा उनलाई विषालु सर्पले टोकेको बताइएको छ। घटनापछि परिवारजनले तत्कालै उनलाई उपचारका लागि कपिलवस्तु अस्पताल हुँदै गोरुसिंगे पुर्‍याएका थिए। तर चिकित्सकहरूको प्रयासका बाबजुद उपचारकै क्रममा उनको मृत्यु भएको हो।
हालै तौलेश्वरनाथ संस्कृत माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेकी रिया बर्माले कक्षा ११ मा अध्ययन गर्ने र भविष्यमा केही गर्ने सपना देखेकी थिइन्। तर अचानक भएको यस घटनाले उनको सम्पूर्ण सपना अधुरै रहन पुगेको छ।
सामाजिक सञ्जालमा उनीसँग सम्बन्धित एउटा पुरानो टिकटक पोस्टमा लेखिएको “Waiting for Death” अर्थात् “मृत्युको पर्खाइ” भन्ने शब्द र त्यसपछि भएको यो दुःखद निधनबीचको संयोगले परिवार, साथीभाइ तथा सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई गहिरो भावुक बनाएको छ।
परिवारमा अहिले गहिरो शोक छाएको छ भने स्थानीय समुदायले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?