विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

समाचार सारांश
Auto Generated by AI
  • सिरहामा एसईई परीक्षाका क्रममा जफत गरिएका पाँच सयभन्दा बढी मोबाइल र स्मार्टवाच नष्ट गरिएको घटना विरुद्ध सर्वोच्चमा रिट दर्ता भएको छ।
  • बिना कानुनी प्रक्रिया निजी सम्पत्ति नष्ट गरेको भन्दै पीडितहरूले क्षतिपूर्ति र दोषीलाई कारबाहीको माग गरेका छन्।
  • रिटमा जिम्मेवार निकायलाई विपक्षी बनाई यस्ता उपकरण जथाभावी नष्ट गर्ने कार्य रोक्न अन्तरिम आदेश माग गरिएको छ।

काठमाडौं : सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई) का क्रममा सिरहाका विभिन्न परीक्षा केन्द्रबाट जफत गरिएका परीक्षार्थीका करिब ५०० थान मोबाइल फोन तथा स्मार्टवाच पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको छ।

अधिवक्ता अनिल कुमार साह, प्रभावित परीक्षार्थी तथा कानुनका विद्यार्थीहरूले संयुक्त रूपमा सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्।

रिटमा गृह मन्त्रालय, राष्ट्रिय परीक्षा बोर्ड तथा जिल्ला परीक्षा समन्वय समिति सिरहालाई विपक्षी बनाइएको छ। निवेदकहरूले परीक्षा सुरक्षाका नाममा जफत गरिएका डिजिटल उपकरण कानुनी प्रक्रिया बिना नै नष्ट गरिएको दाबी गरेका छन्।

रिटमा मोबाइल तथा स्मार्टवाच निषेध गर्न सकिने भए पनि परीक्षा सकिएपछि कानुनअनुसार प्रक्रिया पूरा गरी सम्बन्धित व्यक्तिलाई फिर्ता गर्नुपर्ने जिकिर गरिएको छ।

निवेदकका अनुसार करिब एक करोड रुपैयाँ बराबरको निजी सम्पत्ति स्वेच्छाचारी र गैरकानुनी रूपमा नष्ट गरिएको तथा विद्यार्थीका व्यक्तिगत डेटा र शैक्षिक सामग्रीसमेत नष्ट भएको दाबी गरिएको छ।

रिटमा नष्ट गरिएका उपकरणको उचित क्षतिपूर्ति, जिम्मेवार अधिकारीमाथि कारबाही र यस्ता उपकरण तत्काल नष्ट नगर्न अन्तरिम आदेश माग गरिएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
इमरान खान
लेखकको बारेमा

इमरान खान

खाँन समाचारपाेष्ट डटकमका कपिलवस्तु प्रतिनिधि हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

‘मै हुँ’ भन्ने दलहरूलाई मात दिने ती ‘चुनावी कमाण्डर’, जो आफ्नै कार्यकर्ताबाट हराइए

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?