तिलोत्तमा क्याम्पसमा समाजीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न

समाचार सारांश
Auto Generated by AI
  • रुपन्देहीको तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचका नवप्रवेशी विद्यार्थीहरूका लागि समाजीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो।
  • कार्यक्रममा वक्ताहरूले विद्यार्थीलाई क्याम्पसको शैक्षिक अवसरको सदुपयोग गर्दै नैतिकता, अनुशासन र व्यावहारिक सीप विकासमा जोड दिन आग्रह गरे।
  • अन्तरक्रियात्मक र समूहगत गतिविधिले विद्यार्थीहरूलाई नयाँ वातावरणमा घुलमिल हुन, नेतृत्व क्षमता बढाउन तथा अध्ययन प्रक्रिया बुझ्न सहयोग पुर्‍यायो।

तिलोत्तमा, रुपन्देही ।

तिलोत्तमा क्याम्पसमा बीबीए २८औँ ब्याचमा भर्ना भएका नवप्रवेशी विद्यार्थीका लागि समाजीकरण तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। विद्यार्थीलाई क्याम्पसको शैक्षिक वातावरण, पाठ्यक्रम, नियम तथा गतिविधिबारे जानकारी गराउनुका साथै आपसी परिचय, सहकार्य र संवाद अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

क्याम्पस प्रमुख तुलसीराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उनले नवप्रवेशी विद्यार्थीलाई क्याम्पसले उपलब्ध गराउँदै आएका शैक्षिक अवसरको सदुपयोग गर्दै आफ्नो क्षमता र व्यक्तित्व विकासमा सक्रिय हुन आग्रह गरे। व्यवस्थापन शिक्षामा तीन दशकभन्दा लामो इतिहास बोकेको तिलोत्तमा क्याम्पस लुम्बिनी प्रदेशकै उत्कृष्ट शैक्षिक संस्थामध्ये एक रहेको उल्लेख गर्दै उनले विद्यार्थीलाई उपलब्ध अवसरको अधिकतम उपयोग गर्न सुझाव दिए।

व्यवस्थापन निर्देशक प्रविन ज्ञवालीले विद्यार्थीको सिकाइ, व्यक्तित्व विकास र करिअर निर्माणमा क्याम्पसले आवश्यक सहयोग तथा मार्गदर्शन प्रदान गर्ने बताए। उनले वर्तमान समयमा मूल्यमा आधारित शिक्षाको आवश्यकता बढ्दै गएको उल्लेख गर्दै ज्ञान र सीपसँगै नैतिकता, जिम्मेवारीबोध र सकारात्मक व्यवहारको विकासमा समेत जोड दिए।

प्राध्यापक मुकुन्दराज आचार्यले बीबीए अध्ययनको महत्व र यसको व्यावहारिक उपयोगिताबारे प्रकाश पार्दै व्यवस्थापन शिक्षाले विद्यार्थीलाई प्रतिस्पर्धात्मक बजारका लागि आवश्यक ज्ञान, सीप र क्षमता विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए। उनले अध्ययनलाई गम्भीरतापूर्वक अघि बढाउँदै आफ्नो भविष्य निर्माणमा केन्द्रित हुन विद्यार्थीलाई प्रेरित गरे।

त्यसैगरी, प्राध्यापक विकास भट्ट क्षेत्रीले बीबीए कार्यक्रमको परिचय, पाठ्यक्रम संरचना, मूल्याङ्कन प्रणाली तथा ग्रेडिङ प्रक्रियाबारे जानकारी गराए। उनले विद्यार्थीले पालना गर्नुपर्ने नियम, आचारसंहिता, शिष्टाचार तथा शैक्षिक नीतिका विषयमा समेत स्पष्ट पारे।

कार्यक्रममा प्राध्यापक अर्जुन गौतम र आशिष भण्डारीले विभिन्न व्यवस्थापन खेल तथा समूहगत गतिविधि सञ्चालन गरेका थिए। विद्यार्थीको सक्रिय सहभागिता रहेको उक्त गतिविधिले आपसी चिनजान र सहकार्य बढाउनुका साथै समूहकार्य, नेतृत्व तथा सञ्चार सीपको व्यावहारिक अभ्यास गर्ने अवसर प्रदान गरेको थियो।

कार्यक्रमका अतिथि तथा फोकल पर्सन इन्जिनियर सुदीप ढकालले वास्तविक जीवनका उदाहरण प्रस्तुत गर्दै विद्यार्थीलाई प्रेरित गरे। उनले बदलिँदो समय र रोजगारी बजारमा व्यवस्थापन शिक्षाको महत्वबारे चर्चा गर्दै कक्षाकोठामा सिकेको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गर्न विद्यार्थीलाई प्रोत्साहित गरे।

कार्यक्रमको सञ्चालन बीबीए प्रथम सेमेस्टरका विद्यार्थी अमित खनाल र गीतिका कँडेलले गरेका थिए।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले अभिमुखीकरणबाट क्याम्पसको शैक्षिक वातावरण, पाठ्यक्रम, नियम तथा अध्ययन प्रक्रियाबारे स्पष्ट जानकारी प्राप्त भएको बताए। साथै, अन्तरक्रियात्मक तथा समूहगत गतिविधिले नयाँ साथीहरूसँग परिचित हुन र क्याम्पस जीवनमा सहज रूपमा घुलमिल हुन सहयोग पुगेको उनीहरूको भनाइ थियो।

कार्यक्रमले नवप्रवेशी विद्यार्थीलाई क्याम्पसको शैक्षिक वातावरणसँग परिचित गराउनुका साथै सहकार्य, नेतृत्व, सञ्चार, अनुशासन र व्यावहारिक सिकाइको महत्व बुझाउन प्रभावकारी भूमिका खेलेको आयोजकले जनाएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?