भोटेकाशी बाढीपीडितका लागि रेडक्रसले बनाइदिने भयो दुई हजार घर

समाचार सारांश
Auto Generated by AI
  • नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशीका बाढीपीडितका लागि आवास निर्माण गर्ने भएको छ।
  • एक हजार अस्थायी र एक हजार स्थायी घरका साथै पाँच हजारलाई भाडा सहायता दिइनेछ।
  • दशैँपछि कार्ययोजना बनाएर भवन विभागको नेतृत्वमा निर्माण प्रक्रिया अघि बढाइनेछ।

काठमाडौँ । नेपाल रेडक्रस सोसाइटीले रसुवा र भोटेकोशी क्षेत्रमा बाढीबाट प्रभावित परिवारका लागि निजी आवाज निर्माण गरिदिने भएको छ।

रेडक्रसले एक हजार अस्थायी आवास र एक हजार स्थायी घर निर्माण गर्ने नेपाल रेडक्रस सोसाइटी केन्द्रीय तदर्थ समितिका अध्यक्ष विशालकुमार भण्डारीले जानकारी दिए।

आवास निर्माणको लागि बिहीवार पुर्वाधार विकास मन्त्रालयमा भवन विभागसँग सम्झौता गरिएको उनले बताए। सम्झौताअनुसार बाढी प्रभावितलाई लक्षित गरी आवास तथा भाडा सहायता कार्यक्रम सञ्चालन गरिनेछ।

उक्त सहमति तत्काल कार्यान्वयनमा जाने अध्यक्ष भण्डारीले जानकारी दिए।

भण्डारीले दशैँलगत्तै कार्ययोजना तयार गरिने र सरकारले आवश्यक जग्गा उपलब्ध गराएपछि अस्थायी आवास तथा स्थायी घर निर्माण प्रक्रिया अघि बढाइने उनको भनाइ छ।

घर बगाएका करिa पाँच हजार लाभग्राहीलाई भाडा सहायता उपलब्ध गराउने समेत सहमति भएको उनले बताए। सम्झौताअनुसार आवास निर्माणको नेतृत्व भवन विभागले गर्ने उनले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?