बाराको फेटा घटना छानबिन गर्न बन्यो समिति, इन्स्पेक्टरको जिम्मेवारी खोसियो

समाचार सारांश
Auto Generated by AI
  • बाराको फेटा गाउँपालिकामा अस्पताल उद्घाटनको विषयमा भएको झडप र गोली चलेको घटनाको छानबिन गर्न प्रहरी वरिष्ठ उपरीक्षक प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्यीय समिति गठन गरिएको छ।
  • शनिबार भएको उक्त झडपमा प्रहरीको गोली लागेर एक स्थानीय युवक घाइते भएका छन् भने ढुंगामुढाबाट पाँच प्रहरी घाइते हुनुका साथै १० वटा मोटरसाइकलमा आगजनी भएको छ।
  • घटनाको जिम्मेवारी सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज सुमन लामालाई जिम्मेवारीबाट हटाइएको छ भने एमालेको चेतावनीका बाबजुद अस्पताल उद्घाटन गर्न खोज्दा सो झडप भएको हो।

जनकपुरधाम । अस्पताल उदघाटनको विषयमा भएको झडप र गोली चलेको विषयमा मधेश प्रदेश प्रहरी कार्यालयले छानबिन समिति गठन गरेको छ ।

घटना छानबिनका लागि कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रभुप्रसाद ढकालको नेतृत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरी विशेष सुरक्षागण ढल्केवरका प्रहरी उपरीक्षक भुवनेश्वरप्रसाद साह र प्रदेश प्रहरी कार्यालय वीरगञ्ज पर्साका प्रहरी निरीक्षक जटाशंकर यादव रहेका छन् ।

समितिले जतिसक्दो चाँडो छानबिन गरेर प्रतिवेदन बुझाउन भनिएको छ ।

शनिबार बाराबको फेटा गाउँपालिकामा संघीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप भएको थियो । झडपको क्रममा प्रहरीले चलाएको गोली लागेर स्थानीय युवक आदित्य पासवान घाइते भएका छन् ।

प्रदर्शनकारीको ढुंगामुढा लागेर पाँच जना प्रहरी समेत घाइते भएका थिए । प्रदर्शनकारीले १० वटा मोटरसाइकल जलाएका थिए भने नवनिर्मित अस्पतालको शिलालेख समेत तोडफोड गरेका छन् ।

उक्त घटनामा पहिलेदेखि सुरक्षाको कमान्ड सम्हालेका इलाका प्रहरी कार्यालय प्रसौनीका इन्चार्ज प्रहरी निरीक्षक (इन्स्पेक्टर) सुमन लामाको  जिम्मेवारी समेत खोसिएको छ । लामालाई त्यहाँबाट तानिएको मधेश प्रदेश प्रहरी स्रोतले जनाएको छ ।

नेकपा एमालेले पहिलेदेखि नै कार्यक्रम रोक्न चेतावनी दिएको थियो । विवेकशील साझा पार्टीबाट सो पालिका प्रमुख जितेका छन् ।

पार्टी एकता भएपछि रास्वपाको नेतृत्व भएको सो पालिकाको नवनिर्मित अस्पताल उदघाटनका लागि रास्वपाकी प्रतिनिधिसभा सदस्य समीक्षा बाँस्कोटा पुगेकी थिइन् ।

उक्त कार्यक्रम नरोक्दा एमालेले बिथोल्ने क्रममा झडप भएको थियो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?