
- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
- बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्नेछ।
- कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले पदाधिकारी र सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरेका छन्।
काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज दिउँसो २ बजे बस्ने भएको छ।
पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले सूचना जारी गर्दै ललितपुरस्थित पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बैठक बस्न लागेको जानकारी दिए ।
सूचनामार्फत बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।













