विदेशमा रहेका नेपालीलाई राष्ट्रिय स्वतन्त्र पार्टीमा सीइओ बन्ने अवसर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा रहेका नेपालीलाई जागिरको अफर गरेका छन्।

शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत सभापति लामिछानेले चितवनस्थित आफ्नो कार्यालयको प्रमुख कार्यकारी अधिकृत (सीइओ)का लागि विदेशमा रहेका नेपालीहरूलाई जागिरको अफर गरेका हुन्।

विदेशमा रहेका, व्यवस्थापनमा दखल राख्ने र स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको आफूलाई खाँचो रहेको उनकोे भनाइ छ। आफूसँग काम गर्न चाहने त्यस्तो दक्षता भएको व्यक्ति नेपाल फर्किन चाहेमा रिसिभ गर्न आफैं एयरपोर्ट आउने बताएका छन्।

‘यो देशमा मान्छे बाकसमा मात्र फर्किनु पर्छ भन्ने छैन। विदेशमा  रहनुभएका व्यवस्थापनमा दखल राख्ने, स्वदेशमा केही गर्न इच्छुक व्यक्तिको हामीलाई  खाँचो परेको छ। हाम्रो चितवन कार्यालयका लागि प्रमुख कार्यकारी अधिकृत (सीइओ) भएर  विकास, सुशासन, व्यवस्थापन लगायतका सम्पूर्ण कार्यभार सम्हाल्न सक्ने मान्छेलाई अति आकर्षक तलब तथा सुविधासहित म एयर्पोटमा स्वागत गर्न तयार छु,’ उनले भनेका छन्, ‘कति बाकसमा मात्र फर्किने? अब आकर्षक जागीरका लागि श्वास र आश लिएर नेपाल आउने नि, हैन त? सुरूवात एक जनाबाट, थप योजना सार्वजनिक गर्दै जाँउला। आफ्नो सीभी मलाई पठाउनु होला। म तपाईंलाई लिन आफैं एयरपोर्टमा आउँछु।’

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?