केपी ओली कप फुटबल फागुन ११ बाट हुने, विजेतालाई १० लाख पुरस्कार

नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीको जन्मदिनको अवसरमा आयोजना हुने केपी ओली कप फुटबल प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएका छन् ।

एमालेको भ्रातृसंगठन राष्ट्रिय युवा संघ, नेपालले शुक्रवार पत्रकार सम्मेलन गरेको फागुन ११ गदेत १७ गतेसम्म आयोजना हुने ‘केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप २०७९’ प्रतियोगितामा आठ टोलीले सहभागिता जनाउने भएको बताएको हो ।

प्रतियोगितामा ए डिभिजन लिगका क्लव सहभागी हुने आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि माघ १७ गतेसम्म टोली दर्ता गरिसक्नुपर्ने आयोजकले जनाएको छ । एन्फाको प्राविधिक सहयोगमा आयोजना हुने प्रतियोगिताको उद्घाटन खेल च्यासल मैदानमा हुनेछ । यस्तै फाइनल खेल दशरथ रंगशालामा आयोजना हुनेछ । एन्फा कम्प्लेक्स सातदोबाटोमा समेत लिग चरणका खेलहरु हुनेछ ।

सात दिनसम्म सञ्चालन हुन प्रतियोगिताको विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ । यस्तै सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उदयीमान खेलाडी र विधागत उत्कृष्ट हुनेले समान ५० हजार प्राप्त गर्नेछन् । यसैगरी प्रत्येक खेलको विजेता टोलीलाई २५ हजार, ‘प्लेयल अफ द म्याच’ लाई १५ हजार रुपैयाँ प्रदान गरिने पत्रकार सम्मेलनमा जानकारी दिएको छ । युवा संघका अध्यक्ष किरण पौडलले प्रतियोगितालाई आगामी वर्ष पनि निरन्तरता दिने बताए ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

कपिलवस्तुमा बकर ईद हर्षोल्लासका साथ मनाइँदै, प्रदेश सांसद र मेयर पौडेलद्वारा शुभकामना आदानप्रदान

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?