आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना, सावधानी अपनाउन आग्रह

आज सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा तीव्र हावाहुरीको सम्भावना रहेको मौसमविद्ले बताएका छन् । मौसमविद् समिर श्रेष्ठका अनुसार सुदूरपश्चिम र लुम्बिनीका तराई भेग र कर्णालीको दक्षिणी पहाडी भेगमा तीव्र गतिमा हावाहुरी चल्ने सम्भावना छ ।

दिउँसो १२ बजेपछि यी क्षेत्रमा तीव्र गतिमा हावा चल्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार हावाहुरी ४० देखि ५० किलोमिटर प्रतिघण्टाको गतिमा चल्ने अनुमान छ । पश्चिमी वायुको प्रभावका कारण हावाहुरी चल्ने मौसमविद् समिर श्रेष्ठले जानकारी दिए । यो वायुको प्रभावले काठमाण्डौसहित अन्य क्षेत्रमा पनि हावा चल्ने अनुमान छ । तर, सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा जस्तो अन्य ठाउँमा तीव्र गतिमा हावा नचल्ने मौसमविद् श्रेष्ठले बताए  ।

हावाहुरीले सुदूरपश्चिम, लुम्बिनी र कर्णालीमा क्षति गर्न सक्ने भएकाले सावधानी अपनाउन मौसमविद्को आग्रह छ । दिउँसोको समयमा घर बाहिर  हिँडडुल गर्दा सतर्कता अपनाउन सुझाव दिइएको हो । हावाहुरी चलेको समयमा सकेसम्म घरभित्रै बस्न मौसमविद् श्रेष्ठको सल्लाह छ ।

१३ देखि २२ किलोमिटर प्रति घण्टाको गतिमा चल्ने हवाहुरीलाई सामान्य मानिन्छ । तर, ४० देखि ५० किलोमिटर प्रतिघण्टामा हावा चल्ने भएकाले सावधानी अपनाउन भनिएको हो ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?