अर्घाखाँचीको पाणिनीमा पत्रकारिता तालिम शुरु, पत्रकार विजय पोखरेलले प्रशिक्षण दिँदै

कमला घिमिरे/अर्घाखाँची
अर्घाखाँचीको पाणिनि गाउँपालिकामा तीन दिने आधारभुत पत्रकारिता तालिम सुरु भएको छ । पाणिनी गाउँपालिका–२ नं वडा कार्यालयको सहयोग र पाणिनि पत्रकार समाजको सहजीकरणमा तालिम सुरु भएको हो ।

तालिमको उद्घाटन कार्यक्रममा वडाध्यक्ष चन्द्रकान्त पौडेल, पुर्व गाउँपालिका अध्यक्ष अच्युत गौतम लगायतले सम्बोधन गरेका थिए । उनीहरुले राम्रा र नराम्रा दुबै कामहरुलाई उत्तिकै खबरदारी गर्न भुमिका खेल्ने पत्रकारितालाई स्वच्छ र मर्यादित बनाउनुपर्नेमा जोड दिँदै पत्रकारिता तालिम अझ प्रभावकारी बन्ने बताए ।

तालिम अवधिभर नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका पत्रकार बिजय पोखरेलले प्रशिक्षण दिनेछन् । प्रकाश प्युठानीको प्रमुख आतिथ्यता रहेको कार्यक्रमको समाजका महासचिव भीम विश्वकर्माले सञ्चालन गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *