बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

समाचार सारांश
Auto Generated by AI
  • सांसद सीता थपलियाले प्रधानमन्त्री बालेनको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै संसदमा कविता सुनाएकी छन्।
  • परराष्ट्रमन्त्रीको जवाफ चित्त नबुझेपछि उनले 'देश बिर्सिएको दिन' शीर्षकको कवितामार्फत आलोचना गरिन्।
  • जनताको भरोसा र देशको माटोलाई नबिर्सन उनले प्रधानमन्त्रीलाई सचेत गराएकी छन्।

२८ जेठ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई सम्झिँदै नेपाली कांग्रेसकी सांसद सीता थपलियाले प्रतिनिधि सभा बैठकमा कविता सुनाएकी छन् ।

सीम विवादबारे प्रधानमन्त्री बालेनले दिएको अभिव्यक्तिउपर परराष्ट्रमन्त्री शिशिर खनालले दिएको जवाफ चित्त नबुझेको भन्दै उनले कविता सुनाएकी हुन् ।

‘देश बिर्सिएको दिन’ शीर्षकको कविता सुनाउँदै उनले चुनावमा भारी मतका साथ जिताउने जनता र जनता उभिएको माटोलाई नबिर्सन खबरदारी गरिन् ।

यस्तो छ सांसद थपलियाले सुनाएको कविता–

देश बिर्सिएको दिन

तिमीले देश बनाउँछु भन्यौ, म ढुक्क थिएँ

तर एकाएक तिम्रो बोलीको प्रतिध्वनी पनि नमेटिँदै

आफ्नै आमाको अस्मिता माथि औंला उठायौ

माटो छोएर कसम खायौ

तर त्यही माटोमाथि प्रश्न गर्न थाल्यौ

अनि आमाको महिमा गाइरह्यौ

तर सन्तान हुनुको कर्तव्य भुल्यौ

काख र कोखको माया बिर्सियौ

त्यसैले आज म ढुक्क होइन,

मेरो मन देशको चिन्ताले ढुकढुक भैरहेको छ

स्वार्थले प्रेरित भएपछि सायद धेरै कुरा बिर्सन सकौला

तर नबिर्स तिमीमाथि असिम भरोसा बोकेर

मतको भारी बिसाउने जनतालाई नबिर्स

जनता उभिएको माटोलाई नबिर्स

तिमीलाई आशिष दिने ती बा–आमालाई नबिर्स

यसरी बिर्सने सिलसिला बढ्दै गयो भने

एक दिन तिमीले देशलाई नै बिर्सन सक्छौ

तर जुन दिन देश बिर्सन्छौ, त्यो दिन तिमी कसको शासक बन्ने छौ ?

भन तिमी त्यो दिन कसको शासक बन्ने छौ ?

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
महेश भुसाल
लेखकको बारेमा

महेश भुसाल

भुसाल समाचारपाेष्ट डटकमका सूचना प्रविधि विज्ञ हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

गृहमन्त्री सुदन गुरुङको कमब्याक, आजै शपथको तयारी

आगामी आर्थिक वर्षमा अर्घाखाँचीका स्थानीय तहलाई ३ अर्बभन्दाबढि अनुदान, कुन पालिकालाई कति ?

‘मै हुँ’ भन्ने दलहरूलाई मात दिने ती ‘चुनावी कमाण्डर’, जो आफ्नै कार्यकर्ताबाट हराइए

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?