फागुन १५, काठमाण्डाै । नेकपा एमालेले सरकार छाड्ने र समर्थन पनि फिर्ता लिने निर्णय गरेको छ ।
आज बिहान ललितपुरको च्यासलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले यो निर्णय गरेको हो ।
एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको चुनाव यही फागुन २५ गते हुँदैछ ।













