फागुन १५, बुटवल । नेकपा एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने भएका छन् ।
सोमबार बिहान बसेको एमाले सचिवालय बैठकले पुस १० गते भएको सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नगएको भन्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारबाट बहिरीने निर्णय गरेसंगै एमालेका मन्त्रीहरूले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका हुन ।
नेकपा एमालेबाट उपप्रधान सहित ७ मन्त्री बनेका थिए । मन्त्री बनेकाहरूमा उपप्रधान एवं अर्थमा विष्णु पौडेल, कृषिमा ज्वालाकुमारी शाह, उद्योगमा दामोदर भण्डारी, भूमिमा राजेन्द्र राई, परराष्ट्रमा विमला राई पौड्याल, महिला तथा बालबालिकामा भगवती चौधरी, रक्षामा हरि उप्रेती रहेका थिए।












