खेल क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध छ : मन्त्री सिके गुप्ता

बुटवल , ३० फाल्गुन ।  लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री चन्द्रकेश(सिके) गुप्ताले खेल क्षेत्रको विकास गर्न प्रदेश सरकार प्रतिवद्ध रहेको बताएका छन् । मंगलबार बुटवलमा आयोजना भएको १३ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता २०७९को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री गुप्ताले खेल क्षेत्रको विकास गर्न आफूले काम गर्ने बताए । उनले नेपालमा खेलाडीहरुको सम्मान हुन नसकेको भन्दै अब प्रदेश सरकारले खेलाडीहरुलाई प्रोत्साहन गर्ने गरी काम गर्ने बताए ।

अन्य पेशा व्यवासाय भन्दा खेल क्षेत्रमा लाग्ने युवाहरु पछि परेको उल्लेख गर्दै मन्त्री गुप्ताले त्यस्तो अवस्थाको परिवर्तन गर्न सबै क्षेत्रबाट खेलकुदलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्ने उल्लेख गरे । उनले खेल क्षेत्रको विकास विना राष्ट्रको पनि विकास हुन नसक्ने भन्दै मन्त्रालयले नयाँ खेलकुद रणनीति निर्माणका विषयमा पनि गृहकार्य सुरु गर्न लागेको जानकारी दिए ।

समापन समारोहमा रुपन्देही जिल्ला सम्वन्य समितिका अध्यक्ष उमाकान्त चपाई , तिलोत्तमा नगरपालिकाका नगर प्रमुख रामकृष्ण खाँण ,लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य सचिव जयप्रकाश भट्टराई, रुपन्देही जिल्ला खेलकुद परिषद्का अध्यक्ष हरि क्षेत्री लगाएतको उपस्थिती रहेको थियो ।
थप तस्विरहरु :

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?