काठमाडौँ । निर्वाचन आयोगले प्रतिनिधिसभाको रिक्त रहेका ३ निर्वाचन क्षेत्रमा एकसाथ उपनिर्वाचन गर्ने आन्तरिक तयारी थालेको छ ।
राष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको तनहुँ क्षेत्र नम्बर १, उपराष्ट्रपति निर्वाचनका कारण रिक्त बनेको बारा क्षेत्र नम्बर २ का लागि सोमबार निर्वाचन कार्यक्रम घोषणा गर्ने आयोगको तयारी छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता प्रकरणका कारण चितवन क्षेत्र नम्बर २ रिक्त बनेपछि आयोगले आउँदो वैशाख १० गते उपनिर्वाचन गर्ने कार्यसूची तय गरिसकेको थियो ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले भने– ‘हाम्रो ध्यान मुलभूत रुपमा ४ वटा कुराहरुमा रहेको छ । पर्सी देखिनै चारदेखि पाँच दिनको समय दिएर बारा २ र तनहुँ १ मा निर्वाचनमा भाग लिने दलहरुको दर्ता गर्ने तयारी छ । दोश्रो अहिले मतदाता नामावली अध्यावधिक गर्ने काम भइरहेको छ । अहिले भएको अध्यावधिकबाट असारसम्मका लागि
आयोगले प्रतिनिधि सभा सदस्य पदको रिक्त रहेको क्षेत्र बारेमा जानकारी लिन संघीय संसद सचिवालयलाई आज पत्राचार गर्ने भएको छ । बेलुकासम्म त्यसको जानकारी आयोगलाई आउने थपलियाले जानकारी दिए । यस्तै आयोगले आज अपराह्न ४ बजे उपराष्ट्रपति निर्वाचन सम्पन्न भएको बारेको प्रतिवेदन राष्ट्रपतिलाई बुझाँउदै छ । आयोगले सोमबार नै यसबारे निर्णय लिएर निर्वाचनको काम अघि बढाउने आन्तरिक तयारी गरेको छ ।












