प्रचण्डको मति सप्रिन्छ कि भनेर मौका दिन खोजेको थिएँ : केपी ओली

बुटवल । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डप्रति संकेत गर्दै मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिएको टिप्पणी गरेका छन्।

आइतबार मिसन ग्रासरुट अभियानअन्तर्गत अर्घाखाँचीको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले प्रचण्डतर्फ संकेत गर्दै यस्तो बताएका हुन्।

‘दुईतिहाइका पार्टी फुटाए। फेरि अस्ति आफू पछाडि बसेर सरकार बनाउन खोजियो। मति बिग्रेको मति सप्रिन्छ कि भनेर मौका दिन खोजियो। तर, त्यसका बाबजुद हामीले देख्यौँ सरकार बनाएको भोलिपल्टबाट मैले हेरेँ चालमाल ठिक छैन। सरकार ढाल्न लागिरहेको छ,’ उनले भने।

अध्यक्ष ओलीले सरकार ढाल्ने खेल खेलेपछि आफूहरूले देशलाई समृद्ध नेपाल र सुखी नेपाल बनाउने संकल्प गर्नैपर्ने बताए। अध्यक्ष ओलीले दुईतिहाइको पार्टी फुटाइएको बताए।

‘हामीले मिहिनेतले झण्डै दुईतिहाइका स्थिति बनायौँ। हामीलाई अहिले हटाइयो जालझेल गरेर। आवश्यकता एकतिर थियो। तर, संसदको अंकगणित गलत ढंगले प्रयोग गरेर हटाइयो । तर, हामी जस्केलाबाट होइन, झ्यालबाट होइन, भेन्टिलेसनबाट होइन, हामी सिंहदरबारको मूल ढोकाबाट फेरि सिंहदरबार फर्किन्छौँ भन्ने मैले हामीलाई हटाउने बेलामा भनिएको थियो,’ उनले भने।

अध्यक्ष ओलीले दुईतिहाइको पार्टी विभाजन गर्दा आफूले विभिन्न ठाउँबाट नेपालभित्र छौँडा नखेलाऊँ भनेको विषय स्मरणसमेत गरे।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?