प्रधानमन्त्रीलाई भेट्न बालुवाटर पुगे मिटरब्याज पीडित

काठमाडौं ।  मिटरब्याज पीडितहरु प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन्।

त्यसका लागि उनीहरु अहिले बालुवाटारको भाटभटेनी पुगेका छन् । प्रहरीले त्यहाँबाट अघि बढ्न नदिएपछि उनीहरु सडकमा धर्नामा बसेका छन् ।  गएराति खुलामञ्चमा बस्न नपाएर उनीहरु सडक पेटीमा बसेका थिए ।

महोत्तरीको बर्दिबासबाट चैत २ गते हिडेका उनीहरु ११ दिनको पैदल यात्राबाट काठमाडौं आएका हुन् । हिजो खुलामञ्चमा  मिटरब्याज पीडितहरूलाई पस्न नदिन महानगरले नगरप्रहरी तैनाथ गरेको थियो । पछि नेपाल प्रहरी पनि थप गरियो । अपराह्न साढे ४ बजे खुलामञ्च पुगेका पीडित त्यहाँभित्र पस्न पाएनन् । त्यहाँ उनीहरूले केही बेर नाराबाजी गरेका थिए । त्यसपछि उनीहरुले सडक पेटीमै रात बिताए ।

साहुबाट मिटरब्याजमा पैसा लिएका उनीहरुले चर्को ब्याजका कारण आफहरुको  सम्पत्ति साहुले बेचबिखन गरिसकेको र ऋण र धितो दुवैमा पैसा गुमाउनु परे गुनासो छ । मनपरी ब्याजले बढेको ऋणको बोझमा कतिपय महिलाले शारीरिक शोषणकोसमेत सिकार हुनुपरेको गुनासो गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मिटरब्याज पीडितलाई भेटेर उनीहरुको मागको तत्काल सम्बोधन हुनपर्ने जनाएका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?