कक्षा ११/१२ मा अध्यापनरत शिक्षकहरु आन्दोलित; आयोग,वोर्ड र केन्द्रमा घेराउ

काठमाडौं ।  माध्यमिक विद्यालय शिक्षक युनियन (हिस्टुन)ले सरकारले आफ्नो मागलाई सम्बोधन नगरेको भन्दै आज विभिन्न शैक्षिक निकायहरुमा घेराउ गरेको छ।पटक पटक ध्यानकर्षण गराउँदा पनि आफुहरुका मागहरुप्रति वेवास्ता गरेको भन्दै साविक उ.मा.वि. शिक्षकहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले आज शिक्षक सेवा आयोग, राष्ट्रिय परीक्षा बोर्ड र शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा ध्यानाकर्षण पत्र बुझाउँदै घेराउ गरेका छन् ।

हिस्टुनले विश्वविद्यालय तहबाट प्रमाणपत्र तह विस्थापित भइसकेको लामो समय बितिसक्दा पनि साबिक उच्च मावि तहमा अध्यापनरत शिक्षकहरूको व्यवस्थापनका विषयमा यस वर्षको बजेट पनि मौन रहेको र राज्य उदासीन बनेपछि उनीहरु असन्तुष्ट रहेका छन् ।

साढे ६ लाख विद्यार्थी अध्ययन गर्ने कक्षा ११ र १२ मा सरकारले तीस वर्षदेखि स्थायी दरबन्दीको एकजना पनि शिक्षक व्यवस्था नगरेको भन्दै हिस्टुनले पटक–पटक सरकारको ध्यानाकर्षण गराउँदै आएको छ । यसै अनुरुप कक्षा ११/१२ मा अध्यापनरत शिक्षकहरुले आज धर्ना तथा घेराउ कार्यक्रम गरेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
अनन्त प्रसाद घिमिरे
लेखकको बारेमा

अनन्त प्रसाद घिमिरे

घिमिरे समाचारपाेष्ट डटकमका भाषा सम्पादक हुन् ।

प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?