बीपी साहित्य महोत्सव : २६ भदौमा स्थगित कार्यक्रम आज, आजै समापन

काठमाडौं । नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको बाँकी कार्यक्रम आज पुनः सुरु हुँदैछ । महोत्सव आजै समापन हुनेछ ।

बीपी कोइरालाको ११० औं जन्मजयन्तीको अवसर पारेर नेपाली कांग्रेसले २४ भदौदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा साहित्य महोत्सव आयोजना गरेको थियो ।

संविधानसभा अध्यक्ष एवम् नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि २६ भदौको कार्यक्रम नेपाली कांग्रेसले स्थगित गरेको थियो । सोही स्थगित कार्यक्रम आज गर्न लागिएको हो ।
आजको कार्यक्रम बिहान १०ः३० बजेदेखि साँझ ५ बजेसम्म पार्टी केन्द्रीय कार्यालय सानेपामा हुनेछ । अघिल्ला कार्यक्रम पार्टी कार्यालयको प्राङ्गणमा भएकोमा आजको कार्यक्रम भने कार्यालय भवनको हलमा हुने छ ।
साँझमा हुने गरी यसअघि तय गरिएको सांगीतिक साँझ कार्यक्रम भने तालिकाबाट हटाइएको छ ।

आज के–के हुन्छ ?

आज ‘बीपीको समाजवादी परिकल्पनामा शिक्षा’ शीर्षकमा शिक्षाविद केदारभक्त माथेमाको ‘की नोट स्पीच’ हुनेछ ।

यसैगरी ‘समावेशिता, सामाजिक रुपान्तरण र बिपी’ शीर्षकको छलफल कार्यक्रममा चित्र लेखा यादव, आहुति, मोहना अन्सारी सहभागी हुनेछन् । यसको सहजकर्ता हरि बहादुर थापाले गर्नेछन् ।

वक्ताहरु शिव रिजाल, तारालाल श्रेष्ठ, धनकुमारी सुनार ‘समय र सबाल्र्टन’ शीर्षकको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।

‘बिपीका आख्यानमा नारी’ शीर्षकमा वक्ताहरु नारायण चालिसे, रेणुका थापा ‘सोलु’, ज्ञानु अधिकारी र उमा सुवेदी, ‘परिवारले बुझेका बिपी’ शीर्षकमा डा. शशांक कोइराला, डा. शेखर कोइराला र सुजाता कोइराला रहने छन् ।

यसैगरी कृष्ण सिटौला, दमननाथ ढुंगाना र निलाम्बर आचार्यले ‘बिपीको विचार, आजको संविधान र अबको बाटो’ शीर्षकको छलफलमा भाग लिने छन् । यसको सहजीकरण रमेश लेखकले गर्नेछन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?