राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउन अदालतको आदेश

जिल्ला अदालत काठमाडौंले इलेक्ट्रिक चुरोट (भेप) भित्र ९ किलो सुन तस्करी गरी ल्याएको अभियोग लागेका राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाएको छ।

शुक्रबार न्यायाधीश दण्डपाणि शर्माको इजलासले महरालाई थुनामा पठाउने र अर्का अभियुक्त लोकेन्द्र कुमार पौडेललाई पाँच लाख धरौटी मागेर छोड्ने आदेश गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपक दाहालले जानकारी दिए।

‘उक्त मुद्दाका दुई प्रतिवादीबारे थुनछेक आदेश भयो। राहुल महरालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ भने लोकेन्द्र कुमार पौडेललाई पाँच लाख धरौटी माग्ने आदेश भएको छ। उनी धरौटी बुझाएर छुटेका छन्,’ दाहालले भने।

सरकारी वकिल कार्यालय काठमाडौंले चार जनालाई प्रतिवादी बनाएर बुधबार मुद्दा दर्ता गरेको थियो।

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुल, सर्लाही घर भई काठमाडौंको नागार्जुन नगरपालिका वडा नम्बर ४ सितापाइला बस्ने ३९ वर्षीय लोकेन्द्रकुमार पौडेल, बेल्जियमका नागरिक ३९ वर्षीय दावा छिरिङ र काठमाडौं महानगरपालिका वडा नम्बर ६ बौद्धका ५७ वर्षीय निमा गुरूङविरूद्ध मुद्दा दायर भएको थियो। निमा भने फरार छन्। अदालतले उनीविरूद्ध पक्राउ वारेण्ट जारी गरेको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दाहालले बताए।

लोकेन्‍द्रकुमार सुन तस्करी प्रकरणमा प्रमुख व्यक्ति दाओजिन वाङका सवारी चालक हुन्। दावा ब्रेक शुमार्फत ६० किलो ७१६ ग्राम सुन तस्करी गरेको प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन्।

उनीहरूविरूद्ध तीन वटा कसुरमा मुद्दा दायर भएको हो । आपराधिक विश्वासघात, भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्दा दायर भएको हो।

गत पुस १० गते फ्लाइ दुबईबाट आएका चिनियाँ नागरिक ली हानसङले ल्याएको ७३ वटा बट्टामा रहेको ७३० वटा भेपभित्र ९ किलो सुन थियो।

८ करोड ५५ लाख २८ हजार तीन सय ७४ रुपैयाँ बराबरको सुन भन्सार कार्यालयबाट चोरी भएपछि यो घटना बाहिरिएको थियो। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान गरी पाँच जनाविरूद्ध मुद्दा चलाएको थियो।

सुन बरामद गरेपछि राहुल महरा, कृष्णबहादुर महरा लगायतले सामान छुटाउन दबाब दिएका थिए। उनीहरूको पनि कनेक्सन देखिएपछि सिआइबीले अनुसन्धान गरेको हो।

सिआइबीले राहुल महरालाई पक्राउ गरे पनि पूर्वसभामुख कृष्णबहादुर महरासँग भने कागज मात्रै गरेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?