गोठाटारमा प्रहरीले गोली हानेर समात्यो लागुऔषध कारोबारी

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाउँदा लागुऔषध कारोबारी घाइते भएका छन्।

प्रहरीले चलाएको गोली दाहिने तिघ्रामा लागेर एक भारतीय नागरिक घाइते भएका हुन्। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएर दुई जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको जनाएको छ।

लागुऔषध कारोबारी झापाका अर्घ लिम्बु र भारतको पश्चिम बंगाल घर भएका मोहम्मद करिमलाई हतियारसहित पक्राउ गरिएको कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

गोली लागेका मोहम्मदको गोठाटारस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको उनले बताए।

उनको साथबाट एक थान पेस्तोल र २ सय ग्राम खैरो हेरोइनसहित तराजु बरामद गरिएको एसपी रेग्मीले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?