जनताको मुख थुनेर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य : विप्लव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दले जनताको मुख थुनेर सत्ता नटिक्ने चेतावनी दिएका छन्। उनले जनतालाई असन्तुष्ट बनाएर सत्ता टिकाउँछु भन्ने शासकको अन्त्य हुने बताए।

शनिवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। सरकारले टिकटक प्रतिबन्ध लगाएको विषयबारे उनले सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएर सत्ता टिकिरहन्छ भन्ने नठान्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई चेतावनी दिए।

उनले सामाजिक सञ्जालको प्रतिबन्ध निरंकुश व्यवस्थाको चरित्र भएको बताए। उनले सत्ता जनताको मुख थुनेर नभई जनताको मन जितेर मात्रै टिक्ने बताए। उनले जनताको मुख थुनेर शासन चलाउँछु भन्नेहरूको चाँडै अन्त्य हुने बताए।

महासचिव चन्दले देश बचाउने जिम्मा अरूले नलिने भए नेपाल कम्युनिष्ट पार्टीले देश बचाउने जिम्मा लिने बताए। उनले देशमा अब राजतन्त्र फर्किने कुरा सम्भव नरहेको दावी गरे। उनले सम्पूर्ण कम्युनिष्ट एक ठाउँमा उभिनुपर्ने बताए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?