अष्ट्रेलियामाथि भारतको रोमान्चक जित

काठमाडौं । घरेलु टोली भारतले पाँचौं तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियामाथि ६ रनको रोमान्चक जित निकालेको छ। योसँगै भारतले सिरिज ४-१ ले जितेकोछ।

जितको लागि १ सय ६१ रनको विजयी लक्ष्य पछ्याएको अष्ट्रेलियाले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५४ रन बनायो। अष्ट्रेलियाका बेन म्याकडेर्मोटले सर्वाधिक ५४ रन बनाएका थिए।

अष्ट्रेलियालाई अन्तिम ६ बलमा जितको लागि १० रन चाहिएको थियो। तर उसले ३ रन मात्र बनाउन सक्यो।  म्याथ्यु वेडले २२ रन बनाए।

ओपनर जोश फिलिपे ४ रनमै मुकेश कुमारको बलमा बोल्ड आउट भएका थिए। ट्रविस हेड २८ रनमा आउट भए । आरोन हार्डी ६, टिम डेविड १७, म्याथ्यु शर्ट १६ रनमा आउट भए ।

भारतका मुकेश कुमारले ३ विकेट लिए भने रवि विश्रोइ र  अर्शदिप सिहले २/२ विकेट लिए।

त्यसअघि बेंगलोरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६० रन बनाएको थियो।

भारतका मध्यक्रमका ब्याटर श्रेयस ऐयरले ५३ रन बनाएका थिए। तल्लोक्रमका अलराउन्डर अक्षर पटेलले ३१ रनको योगदान दिए । अन्य भारतीय ब्याटरले राम्रो गर्न सकेनन्।

ओपनर यशस्वी जैसवाल २१ रनमा आउट भए।  ऋतुराज गायकवाड १०, सूर्यकुमार यादव ५, रिंकु सिंह ६ र जितेश शर्मा २४ रनमा आउट भए।

अष्ट्रेलियाका जेसन बेहरनडोफले र  बेन ड्वारशइसले दुई दुई  लिए। नाथन एलिस, तनविर संघा र आरोन हार्डीले १–१ विकेट लिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?