back to top
१६ कार्तिक २०८३, सोमबार
IPL 2024
१६ कार्तिक २०८३, सोमबार

चार महिनामा यारी भन्सारद्वारा सोह्र लाख बढी राजश्ज संकलन

समाचार सारांश
Auto Generated by AI
  • हुम्लाको यारी भन्सार कार्यालयले चालु आर्थिक वर्षको चार महिनामा १६ लाख ६५ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।
  • चीनबाट आयात हुने जुत्ता, कपडा र निर्माण सामग्रीबाट उक्त राजस्व संकलन भएको कार्यालयले जनाएको छ।
  • पछिल्लो समय परेको भारी हिमपातका कारण ताक्लाकोटबाट सामान ल्याउने व्यापारी आउन नसक्दा राजस्व संकलन कार्य प्रभावित भएको छ।

हुम्ला । हुम्लाको उत्तरी चीनसँगको सिमा जोडिएको हिल्सामा स्थापना भएको यारी भन्सार कार्यालयले चार महिनाको अवधिमा रु सोह्र लाख ६५ हजार रुपैयाँ राजश्व ससंकलन गरेको छ । यो आर्थिक वर्षको साउन यतादेखि कात्तिक मध्यसम्ममा रु सोह्र साल रुपैयाँ बढी राजश्व संकलन गरिएको यारी भन्सार कार्यालयका प्रमुख रामराज जैसीले बताए ।

कार्यालय आफ्नो राजश्व संकलन लक्ष्य भन्दा प्रत्येक आर्थिक वर्षमा संकलन गर्दै आइरहेको कार्यालय प्रमुख जैसीको भनाइ छ । स्थायी कर्मचारी आफू एकजना मात्रै भए पनि कार्यालयको लक्ष्यभन्दा बढी राजस्व संकलन भइरहेको उनको भनाइ छ ।

छिमेकी मुलुक चीनबाट आयातित हुने जुत्ताबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । हिल्सा नाका नभएर नेपाल आयात हुने जुत्ता, पिजी, ब्लांकेट, जुस, चकलेट, सिमेन्ट, सरियालगायतका सामानबाट राजस्व संकलन गरिएको भन्सार कार्यालय प्रमुख जैसीले बताए ।

दुई दिनको हिमपातले रावश्व प्रभावित 

हुम्ला सहित देशभर परेको वर्षा र हिमपातले पछिल्लो यारी नाका भन्सार कार्यालयलको राजस्व असुली कार्य प्रभावित भएको छ । हिल्सामा भएको हिमपातले चीनको पुराङ काउण्टीबाट व्यापारी र अन्य सामान खरिदका लागि गएका स्थानीय फिर्ता आउन सक्ने अवस्था नरहेको कारण राजस्व असुली प्रभावित भएको हो ।

उनले हिमपात भएकोले ताक्लाकोटबाट सामान ल्याएर आउने व्यापारी र अन्य मानिसहरु फिर्ता आउन रोकिएको कारण हिल्सामा राजस्व असुली कार्य पनि रोकिएको जानकारी दिए ।दुवै दिन ताक्लाकोटबाट एक जना मानिस पनि फिर्ता आएका छैनन । राजस्व असुली कार्य रोकिएपछि भन्सारका कर्मचारीहरु कार्यालयमा आगो तापेर बस्नु परि रहेको उनको भनाई छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?

×
FLASH NEWS FLASH