जेठमा महाधिवेशन गर्ने एकीकृत समाजवादीको निर्णय

काठमाडौं । एकीकृत समाजवादीले आगामी जेठमा मात्र महाधिवेशन गर्ने भएको छ । सोमबार बसेको केन्द्रीय सचिवालयको बैठकले माघ १४–१८ का लागि तोकिएको महाधिवेशन जेठमा सार्ने निर्णय गरेको हो ।

प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार महाधिवेशन २०८१ जेठ ३–७ काठमाडौंमा हुनेछ । महाधिवेशनमा पेश गर्ने दस्तावेजहरुको मस्यौदा गर्न पार्टीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा २७ सदस्यीय समिति बनाइएको छ ।

माघमा भने राष्ट्रिय सम्मेलन हुने भएको छ । पार्टीको विधानका कतिपय व्यवस्थामा छलफल गर्नुपर्ने भएकाले माघ १४ र १५ मा राष्ट्रिय सम्मेलन गर्ने निर्णय भएको खतिवडाले बताए । ‘राष्ट्रिय सम्मेलनमा कतिपय विधानको व्यवस्थाबारे पनि छलफल गर्नुपर्ने भएको छ, यसका लागि पनि कार्यदल बनाएका छौं’ उनले भने ।

कार्यदलमा उपाध्यक्ष देवुराम भुसाल, महासचिव घनश्याम भुसाल र उपमहासचिव प्रकाश ज्वाला छन् । व्यवस्थापनका लागि अर्को समिति बनेको छ ।

राष्ट्रिय सम्मेलनभन्दा अगाडि मंसिर २८ २९ सचिवालय, पुस ९ गते स्थायी कमिटी, १० गते पोलिब्यूरो तथा ११ र १२ केन्द्रीय कमिटीको बैठक बोलाइएको छ ।

प्रचार विभाग प्रमुख खतिवडाका अनुसार केन्द्रीय महाधिवेशनभन्दा अगाडि प्रदेश र जिल्ला अधिवेशन हुनेछ । यसका लागि आफ्नो तयारी गर्न तल्लो कमिटीहरुलाई बाटो खुलेको छ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?