विमानस्थलबाट बरामद भएको १४ किलो सुन २४ क्यारेटकै भएको पुष्टि

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको १४ किलो सुन विशुद्ध अर्थात २४ क्यारेटकै रहेको पुष्टि भएको छ । भन्सार विभागका अनुसार बरामद भएको सुनलाई ‘ईडीएक्स’ उपकरण (एक्सरे) मा परीक्षण गर्दा सबै सुन विशुद्ध भएको पुष्टि भएको हो ।

परीक्षणपछि सुन विमानस्थल भन्सार कार्यालयमा फिर्ता गरिएको विभागले जनाएको छ । बिहीवार राति फ्लाई दुबईबाट आएका गोरखाका चन्द्र घलेको साथबाट सुन बरामद भएको थियो । पक्राउ परेका घलेले यसअघि पनि दुबईबाट पटक–पटक सुन भित्र्याएको प्रहरीको अनुमान छ ।

घले यो वर्ष मात्रै ५ पटक दुबई ओहोरदोहोर गरेको पाइएको छ । सुन बरामद भएको विषयमा छानबिन गर्न भन्सार कार्यालयले प्रमुख भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा ६ सदस्यीय समिति बनाएको छ ।

 

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?