प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट : चार वटा खेल हुँदै

काठमाण्डाै । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटमा आज पनि चार वटा खेल हुँदैछन् । आज कीर्तिपुरमा अहिले साढे ९ बजे मधेस र कोशी प्रदेश तथा मूलपानीमा लुम्बिनी र एपीएफ खेल्दैछन् ।

त्यस्तै, दिउँसो सवा एक बजे कीर्तिपुरमा कर्णाली र सुदूरपश्चिम तथा मूलपानीमा बाग्मती र गण्डकी प्रदेशबीच खेल हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र नेपाल एपीएफ क्लब सहभागी छन् । पहिलो पटक प्रतियोगिता राउन्ड रोबिनको आधारमा चलिरहेको छ । सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

लगातार दुई खेल जितेको एपीएफ शीर्ष र कोशी प्रदेश दोस्रो स्थानमा छ । उनीहरुको समान ४ अङ्क छ । त्यस्तै, एक/एक खेल जितेका सुदूरपश्चिम, गण्डकी, बाग्मती र लुम्बिनी समान दुई अङ्कसहित क्रमशः तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थानमा छन् । मधेस र कर्णालीले लगातार दुई खेल हारेका छन् ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?