सत्ता गठबन्धनका चार दलबीच भागबण्डा मिल्यो, कुन दललाई कति सिट?

काठमाडौं । सत्तारुढ चार दलले राष्ट्रियसभा निर्वाचनको सीट बाँटफाँट टुंगो लगाएको छ।

आज बिहान बसेको चार दलको बैठकले सीट बाँटफाँट टुंगो लगाएको हो। सहमति अनुसार कांग्रेसले १० सिट पाउने छ। त्यस्तै माओवादी केन्द्रले ६ सीट पाउने छ। एकीकृत समाजवादीले दुई सीट पाउने सहमति भएको छ भने जसपालाई एक सीट छुट्याइएको नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

गठबन्धनका अन्य तीन दललाई भने भाग छुट्याइएकाे छैन्। सत्ता गठबन्धनमा जनमत, नागरिक उन्मुक्ति र जनमोर्चा छन्। उनीहरुले एक-एक सीट दाबी गरेका छन्।

यसैबीच राष्ट्रियसभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। बैठक दिउँसो १ बजेका लागि बोलाइएको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।  हिजै बस्ने तय भएको बैठक सत्तागठबन्धनको बैठकका कारण स्थगित गरिएको थियो। बैठकमा राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार छनोटका विषयमा छलफल हुने मुख्यसचिव पौडेलले बताए। कांग्रेसको शेखर कोइराला समूहले चार सीट आफ्नो पक्षले पाउनु पर्ने बताएको छ।

माओवादी केन्द्रले पनि राष्ट्रियसभा सदस्य उम्मेदवार छनोटका लागि पदाधिकारी बैठक बोलाएको छ। गठबन्धन दलहरूको बैठक सकिए लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकालले जानकारी दिए।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

समाचारको फोटो यहाँ Upload गर्नुहोस्

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

कपिलवस्तुको तौलिहवामा IME LIFE Insurance को अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

भारतको ‘छिमेकी पहिलो’ नीतिमा नेपाल प्राथमिकता : रविसँगको भेटपछि प्रधानमन्त्री मोदीको विशेष सन्देश

कपिलवस्तु नगरपालिकाद्वारा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सञ्चालन

गच्छे–भालुवाङ सडक कालोपत्रे सुरु, छिटै सम्पन्न हुनेमा आशंका

नेपाल सरकारको सराहनीय पहल: भारतमा फसेका ४५३ नेपाली नागरिकको उद्धार, १९ जनामाथि अनुसन्धान सुरु

गणतन्त्र दिवसमा पुर्ब गृहराज्यमन्त्री जवान अन्सारी को सशक्त सन्देश

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?