उच्च अंकले बढ्यो नेप्से परिसूचक

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचकमा ३६ दशमलव ५७ अङ्कको सुधार देखिएको छ। आज नेप्से परिसूचक एक दशमलव ८० प्रतिशतले बढेर दुई हजार ५९ दशमलव ४९ को बिन्दुमा कायम भएको छ।

तीन सय नौ कम्पनीको आज एक करोड ३७ लाख नौ हजार दुई सय ७६ कित्ता शेयर ९९ हजार पाँच सय २४ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६७ करोड ५२ लाख २४ हजार नौ सय छ बराबरको कारोबार भएको छ।

म्युचुअल फन्ड शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ।

सबैभन्दा बढी जीवन बीमा समूह तीन दशमलव ७२ र अन्य समूह दुई दशमलव ५७ प्रतिशतले बढेको छ। चारवटा कम्पनीको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ। सिङ्गटी हाइड्रो इनर्जी लिमिटेड, मोदी इनर्जी लिमिटेड, त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड र मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको शेयर मूल्यमा १० प्रतिशतको वृद्धि देखिएको हो।

सबैभन्दा बढी गुमाउनेमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा पाँच दशमलव ४६ प्रतिशतको गिरावट देखिएको छ।

कारोबार रकमका आधारका आज सबैभन्दा धेरै सोनापुर मिनरल्स एन्ड आयल लिमिटेडको रू २१ करोड ८४ लाख ८२ हजार आठ सय ८० बराबरको कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको पाँच लाख २६ हजार तीन सय ९३ कित्ता शेयर किनबेच भएको छ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?