बम्जनलाई थुनामा पठाउने आदेश

काठमाडौँ । रातारात काठमाडौँबाट सर्लाही पुर्‍याइ आजै सर्लाही जिल्ला अदालतमा पेश गरिएका रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।

यौन शोषण, व्यक्ति बेपत्ता र विदेशी मुद्रा अपचलनको आरोपमा मंगलबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले काठमाडौँको बूढानीलकण्ठबाट समातेर सर्लाही पठाइएका बम्जनलाई सर्लाही जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको हो।

अदालतका श्रेस्तेदार सदन अधिकारीले जिल्ला न्यायाधीश विष्णु रेग्मीको इजलासले उक्त आदेश दिएको जानकारी दिए। विभिन्न जिल्लाहरूमा आश्रम खोलेर अनुयायीलाई बलात्कार, हत्या तथा बेपत्ता पारेको आरोप लागेका बमजनलाई गएराती नै सडकमार्गबाट सर्लाही पुर्‍याइएको थियो।

लामो समयदेखि फरार रहेका बम्जनविरुद्ध २०७७ साल असार २१ गते सर्लाही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो। ‘यौन सन्तुष्टि प्राप्त गर्ने तथा बाल यौन शोषण’ मुद्दामा बम्जनविरुद्ध त्यहाबाट पक्राउ पुर्जी जारी भएको थियो ।

फरार बमजनलाई सिआइबीका डिएसपी धर्मराज भण्डारी नेतृत्वको टोलीले पुस २४ गते मंगलबार पक्राउ गरेको हो। प्रहरी घर पुग्दा चार तलाबाट हाम्फालेर भाग्न खोजेका थिए। उनलाई सिआइबीले हिजो बुधबार सार्वजनिक गरेको थियो।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु ()
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

क्यालेन्डर

ट्रेन्डिङ

भर्खरै

नगर प्रमुख सुदिप पौडेलको पहलमा कपिलवस्तुमा ‘सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान’ सञ्चालन

कपिलवस्तुमा समुदायिक मोबाइल स्वास्थ्य क्लिनिक भ्यान सञ्चालनमा

बालेन सम्झिँदै सांसद सीताले सुनाइन् संसदमा कविता

गलेनन् बालेन, चल्न थाल्यो संसद्

विद्यार्थीको मोबाइल पानीमा डुबाएर नष्ट गरिएको घटनाविरुद्ध सर्वोच्चमा रिट दर्ता

दरबार हत्याकाण्डको अनुसन्धान अघि बढाउने गृहमन्त्रीको निर्णय

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?