नेपाल नामिबियासँग ४ विकेटले पराजित

काठमाडौं । आईसीसी विश्वकप लिग–२ क्रिकेट अन्तर्गत पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा नेपाल ४ विकेटले पराजित भएको हो । नेपालले दिएको १ सय ३३ रनको सामान्य लक्ष्य नामिबियाले ३३ दशमलब १ ओभरमा ६ विकेट गुमाएर पूरा गर्‍यो।

नामिबियाको जितमा जान फ्रालिंकले ३४, जान निकोलले ३१, माइकल भानले २३, निकोलस डेभिनले १५ रन बनाउँदा जेजे स्मित १७ रनमा अविजित रहे।

नेपालका सोमपाल कामीले ३, ललित राजवंशीले २ र कप्तान रोहित पौडेलले एक विकेट लिए। यसअघि टस हारेर पहिला ब्याटिङमा आएको नेपाल ४१ दशमलब १ ओभरमा १ सय ३२ रनमा अलआउट भएको थियो।

नेपालका लागि भीम सार्कीले सर्वाधिक ४४ रनको योगदान गरे। गुल्सन झाले २१, करण केसीले १६, कुशल मल्लले १५ र पवन सर्राफले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

नेपाललाई सस्तैमा समेट्ने क्रममा नामिबियाका कप्तान जेरार्ड एरास्मसले ५ विकेट लिए। ज्याक ब्रस्सेल र रुबिन ट्रम्पेलमनले समान २/२ विकेट लिए भने जान निकोलले एक विकेट खसाले।

नेपालले दोस्रो खेलमा पर्सि नेदरल्याण्ड्सँग प्रतिस्पर्धा गर्नेछ ।

spot_img
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
icon
खुसी
icon
दुःखी
icon
अचम्मित
icon
हाँस्यास्पद
icon
आक्रोशित
प्रतिक्रिया दिनुहोस्
प्रतिक्रियाहरु (०)
नाम चार शब्द भन्दा बढि लेख्न मिल्दैन
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
तपाईको समाचार आफै पाेष्ट गर्नुहाेस्

कृपया प्रतिक्षा गर्नुहोस...

कृपया समाचारको फोटो अनिवार्य अपलोड गर्नुहोस् ।

सम्बन्धित खबर

ट्रेन्डिङ

spot_img
spot_img

क्यालेन्डर

भर्खरै

सामाजिक सञ्जाल

छुटाउनुभयो कि ?